लकडाउन

 
 

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं। सरकारले जारी लकडाउन जेठ पाँच गतेसम्म थप गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन जेठ पाँच गतेसम्म जारी राख्ने निर्णय गरेको हो। यसैगरी सरकारले अन्तर्राष्ट्रिय सीमानाका कडाइका साथ सिल गर्ने पनि निर्णय गरेको छ। भारतसँग जोडिएका सीमानाकाबाट लुकिछिपी मानिस आउन थालेपछि सरकारले त्यसलाई पूर्ण रुपमा रोक लगाउन सीमा नाका सिल गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसैगरी अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ। काठमाडौं उपत्यकामा बाहिरबाट सवारी साधन र मानिसलाई आउनसमेत प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। सरकारले..फुर्सदमा


लकडाउन उल्लंघन गर्नेलाई खादा ओढाउँदै बुढानिलकण्ठ नगर

बुढानिलकण्ठ नगरपालिका १०ले लकडाउन उल्लंघन गर्नेलाई खादा ओढाउन थालेको छ। बिना काम बाहिर निस्किनेको संख्या बढेपछि वडा कार्यालयले शनिबारदेखि खादा ओढाउन थालेको हो। ‘सम्झाइबुझाइ गरेर पनि नभएपछि अब शरम होस्, गल्ती महसुस होस् भनेर हामीले त्यस्तो गर्न थालेका हौं,’ वडाध्यक्ष नवराज भट्टराइले भने। लकडाउन उल्लंघन नियन्त्रण गर्न वडा कार्यालयले विभिन्न स्थानमा ५० जना स्वयमसेव खटिएका छन्। त्यस्तै कार्यालयले जनचेतना फैलाउन फ्लेक्सहरू पढ्न लगाउने तयारी समेत गरेको उनले बताए। ‘हामीले आज वा भोलिदेखि पोस्टरहरू तयारी गर्दैछौं,’ उनले भने, ‘लकडाउन उल्लंघन गर्नेलाई पोस्टर देखाउने र पढ्न लगाउने तयारी समेत थालेका छौं।’ नगरपालिकाले..फुर्सदमा


लकडाउन को बेला शरीरलाई फिट र स्वास्थ्य राख्न यसो गर्नुहोस

शरीरलाई फिट र स्वास्थ्य राख्नु जरुरी हुन्छ । कोरोना भाइरस रोकथामका लागि लकडाउन शुरु भएसंगै यतिबेला जिमखाना, क्लबहरु पनि बन्द छन् । क्लबहरु बन्द भएसंगै कसरी फिट हुने भन्ने बिषय धेरैको चिन्ताको बिषय बनेको छ । यद्यपि घरमै ब्यायम गरेर पनि शरीरलाई सन्तुलनमा राख्न भने सकिन्छ । यसका लागि निम्न उपायहरु अपनाउन सकिन्छ । दैनिक ब्यायम गर्ने बाहिर निस्कन त बन्देज छ । न क्लब जान पाइन्छ न त मर्निङ वाक नै हिड्न पाइनछ । घरमा बसेर बिभिन्न तरीकामार्फत फिट रहन सकिन्छ । घरमा योग गर्न सकिन्छ । योगाले मानिस..फुर्सदमा


लकडाउनको बेला प्रहरीले गरेको ला’ठीचा’र्ज बाट छोरा जोगाउन खोज्दा आमाको निधन

लकडाउन उल्लंघनका विषयमा सप्तरीमा प्रहरीसँगको विवादका क्रममा बे-होश भएर ढलेकी एक महिलाको आज निधन भएको छ । प्रहरीको कु-टा-इबाट छोरा जोगाउन जाँदा बेहोश भएकी सप्तरी, खड्ग नगरपालिका–६ वीरपुरकी ६५ वर्षीया जैनब कुजर्नीको निधन भएको हो । वीरपुरमा समूह बनाएर बसेका गाउँलेलाई घरभित्र पठाइरहेको प्रहरीले लकडाउन उल्लंघन गर्दै ट्रयाक्टर चलाएका नसिम अन्सारीमाथि ला-ठीचा-र्ज गरेपछि जोगाउन गएकी उहाँकी आमा जैनब बे-होस भएर ढल्नुभएको प्रत्यक्षदर्शीले बताए । नसिम घरका लागि ट्रयाक्टरबाट बालुवा ल्याइरहेका थिए । ट्रयाक्टर नचलाउन भन्दा वि-वाद गरेपछि ला-ठीचा-र्ज गरेको प्रहरीलाई रोक्न उहाँकी आमा पुग्नुभएको थियो । सोही क्रममा उच्च र-क्तचाप..फुर्सदमा


कोरोनाको त्रासकाबीच राजधानीमा शक्तिशाली भूकम्पको धक्का, लकडाउनले थुनिएका मानिसहरु घर बाहिर निस्के

कोरोनाको त्रासकाबीच नयाँ दिल्लीमा शक्तिशाली भूकम्पको धक्का भारत। कोरोनोको त्रासकाबीच राजधानीमा शक्तिशाली भूकम्पको धक्का गएको छ। भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महशुस भएको छ । उक्त कोरोनाको त्रासकाबीच भूकम्प गएपछि मानिसहरु घर बाहिर निस्केका छन्। लकडाउनले थुनिएका मानिस घरबाट बाहिर निस्केपछि अधिकारीहरुले सामाजिक दुरी कायम राख्न आग्रह गरेका छन्। दिल्ली, गाजियाबाद, नोयडा लगायतका स्थानमा भूकम्पको धम्का महशुस भएको थियो। मानिसहरुले सामाजिक सञ्जालमा ठुलो भूकम्पको धक्का महसुस गरेको उल्लेख गरेका छन। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विट गर्दै सबै सुरक्षित रहेको आशा व्यक्त गरेका छन। यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको..फुर्सदमा


लकडाउनको अवधिमै ‘चमत्कार’ गर्दै मन्त्री नेम्वाङ

६० वटा पुल मर्मत गरिदैं, उपत्यकाका सडकहरु चिटिक्क पारिदैं काठमाडौं । लामो ‘लक डाउन’को कारण धेरै सरकारी कार्यालयहरु बन्द छन् । जताततै काम ठप्प छ । तर, सफथ लिएको दिनदेखि नै फरक शैलीले काम गरिरहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको सक्रियताले भने यही समयमा देशको सडक यातायातको क्षेत्रमा भने ‘चमत्कार’ देखिने अवस्था सृजना भएको छ । ‘लक डाउन’का कारण चैत ११ गते देखि देशभरको सडकमा अत्यावश्यक बाहेकका सवारीसाधन गुडेका छैनन् । सवारीसाधनको चाप कम भएको मौकामा मन्त्रालयले खासगरि शहरी क्षेत्रको सडक सुधार गर्ने अभियानलाई तीब्र रुप दिइरहेको छ..फुर्सदमा


प्रधानमन्त्रीले भने लकडाउन तत्काल हट्दैन, ‘लक डाउनमा नो कम्प्रमाइज’

२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् । सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए । दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुन नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा निर्देशन दिएजस्तो गर्ने कुनै संयन्त्र आवश्यकता छैन ।’ विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।कुराकानीका क्रममा उनले लकडाउन त्काल अन्त्य नहुने समेत बताएका..फुर्सदमा


वैशाख ३ गतेसम्म लकडाउन थपियाे

काठमाडौं / मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । कोभिड १९ काे संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता चैत २५ सम्म लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । सुदूरपश्‍चिममा एकै पटक तीन जनामा कोरोना संक्रमण देखिएपछि सरकारले लकडाउन थप गर्ने निर्णय गरेको हो । म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले थप गर्ने निर्णय गरेको हो। नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ भने एकजना निको भइसकेका छन्..फुर्सदमा


भोʼलिदेखि लकडाउन थप कडा पार्ने मन्त्रिपरिषदको निर्णय, एक स्थानीय तʼहबाट अर्कोमा जान नʼपाइने

काठमाडौं । सरकारले जारी लकʼडाउनलाई झनै कडाइ गरेको छ । एक स्थानीय तहबाट अर्को, एउटा जिल्लाबाट अर्को र एउटा प्रदेशबाट अर्को प्रदेशमा अत्यावश्यक कामबाहेक जान नपाइने निर्णय गरेको छ ।त्यसको कार्यान्वयनको लागि सरकारले प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ । मʼन्त्रिपरिषदको शनिबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।स्थानीय तहको आवागमन नियन्त्रित गर्न स्थानीय तहलाई सʼरकारले आग्रह गरेको छ । त्यसैगरी कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड डाइग्नोसिस टेष्ट गरिने उनले बताए ।यसैबीच स्वास्थ्यकर्मीको सुरक्षा खʼलबल्याउने व्यक्तिलाई कानुन बमोजिम कडा..फुर्सदमा