#कोरोना

 
 

नेपालमा थप ५ जनामा कोरोना, संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं । नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएका छन् । यो सँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ । सर्लाहीका १, धनुषामा र महोत्तरीका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ । थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो । बिहीबार बिहान मात्रै कपिलवस्तु र काठमाडौंका दुई जनामा पनि संक्रमण भएको पुष्टि भएको थियो ।


दुई महिने शिशु सहित थप १७ जनामा ‘कोरोना’- सं’क्रमितको संख्या ९९ पुग्यो

बुधबार एकै दिन १७ जनामा को’रोना संक’मणको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज वीरगंजमा थप १७ जनामा पोजिटिभ भेटिएको हो। यो सँगै सं’क्रमितको संख्या ९९ पुगेको छ। संक्र’मित हुनेमा दुई महिने शिशु पनि छिन्। सरकारले चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि सकिनै लाग्दा बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । अन्तराष्ट्रिय तथा राष्ट्रीय हवाई उडान र सीमा नाकामा आवागमनमा लगाएको रोकलाई जेठ १८ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।


कोरोनाले अमेरिकामा ३९ हजार मृत्यु, ७ लाख ३८ हजार संक्रमित

कोरोना भाइरस संक्रमणको महामारीबाट विश्वमा सबैभन्दा पीडित अमेरिकामा यसका कारण अहिलेसम्म ३९ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। यो खबर लेख्दासम्म (आइतबार बिहान ८ बजे) वर्ल्डओमिटरको तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा ३९ हजार १४ जनाको मृत्यु भइसकेको छ। यस्तै ७ लाख ३८ हजार ८ सय ३० जना संक्रमित भएका छन्। अमेरिकापछि विश्वमा कोरोना कारण सबैभन्दा बढी मृत्यु इटलीमा भएको छ। अहिलेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट त्यहाँ २३ हजार २ सय २७ जनाको ज्यान गएको हो। यस्तै अहिलेसम्म १ लाख ७५ हजार ९ सय २५ मानिस संक्रमित भएका छन्। अमेरिका र इटलीपछि कोरोना..फुर्सदमा


कोरोनालाई जितेर घर फ़र्कीइन बाग्लुङ्गकी ६५ बर्षीय महिला

कोरोनामुक्त भएकी बागलुङकी ६५ वर्षीय वृद्धा अस्पतालबाट डिस्चार्ज भएकी छिन् । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत उनको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको केही घण्टापछि उनी डिस्चार्ज भएकी हुन् । डिस्चार्जपछि उनी खुसी हुँदै घर गएकी छिन् । उनमा बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको पुष्टि भएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिए । चैत २० गते सं’क्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को..फुर्सदमा


खुसीको खबर : टेकु अस्तालमा एक युवती कोरोना निको भएर घर फर्किइन् ! सेयर गरौ

कोराना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत एक युवती कोरोना जितेर घर फर्किएकी छिन् । उनी कोरोना पुष्टि भएपछि चैत १० गतेदेखि टेकुमा उपचाररत थिइन् । उनलाई शनिबार टेकु अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फ्रान्सबाट आएकी ती १९ वर्षीय युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी मन्त्रालयले संक्रमितको परिवारलाई मापदण्डअनुसार क्वारेन्टाइनमा राखेर टेस्ट गरेपनि उनीहरुमा भने नेगेटिभ देखिएको थियो..फुर्सदमा


र्‍यापिड टेष्टमा सर्लाहीका एक बालकमा देखियो कोरोना

सर्लाहीमा र्‍यापिड टेष्ट गर्दा एक बालकमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ। सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाईनमा रहेका एक जना १४ वर्षीय बालकमा र्यापीड टेष्ट गर्दा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहज बहादुर जिसीले बताएका हुन्। प्रजिअ जिसीका अनुसार उनीसँगै क्वारेन्टाईनमा रहेका अर्का एकजनामा भने कोरोना संक्रमण निगेटिभ देखिएको छ। कोरोना पोजेटिभ देखिएका ती बालकलाई राति नै जनकपुरधाम पठाइएको जिसीले बताए। यता आफुहरुले जानकारी पाए लगत्तै राति नै चेक जाँचका लागि सम्पूर्ण तयारी पूरा गरी बालकलाई प्रादेशिक अस्पतालको आईसोलेशन वार्डमा भर्ना गरेको जानकारी प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त..फुर्सदमा


जनकपुरकाे सडकमा नेपाली नोट छरेर भागे दुई महिला, कोरोना फैलाउन त्यसो गरिएको आशंकामा अनुसन्धान तीव्र

धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका-६ को महावीर चोककाे सडकमा शुक्रबार दुई महिलाले नेपाली रुपैयाँका नोट छरेर भागेपछि प्रहरी आश्चर्यचकित भएको छ। ती नोटमा कोरोना भाइरस रहेको आशंकामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ। धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार दिउँसो १२ः३० बजे ती महिलाले फालेका नेपाली नोट प्रहरीले बरामद गरेको छ। बरामद नोट काेराेना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको उनले बताए। प्रहरीले नेपाली रूपैयाँका नाेट छर्ने महिलाको तीव्र खोजी भइरहेको जनाएकाे छ। सिसीटिभीकाे फुटेजमा ती महिला अन्दाजी ४०-४५ वर्षका देखिएका छन्। नाेट छरिएको क्षेत्रलाई स्यानिटाइजर छर्केर सुरक्षित पारिएकाे र..फुर्सदमा


यी हुन् जनकपुरको सडकमा नोट छरेर भाग्ने महिला, कोरोना फैलाउनै फालेका रहेछन्?

जनकपुरको बाटाेमा नोट फाल्ने महिला सीसीटीभी फुटेजमा, कोरोना फैलाउन फालेको आशंकामा अनुसन्धान जारी धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाटोमा शंकास्पद रूपमा नेपाली नोट (रुपैयाँ) फालेर फरार भएका दुई महिलाको तीव्र रूपमा खोजी भइरहेको प्रहरीले जनाएको छ। ती महिलाले कोरोना भाइरसको संक्रमण फैलाउन बाटोमा त्यसरी नोट फालेको हुन सक्ने आशंका स्थानीयले गरेका छन्। धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) रामेश्वर कार्कीले सीसीटीभी फुटेजका आधारमा नोट छरेर भाग्ने ती दुई महिलाको व्यापक रूपमा खोजी भइरहेको बताए। ‘सीसीटीभी फुटेजमा ती दुई महिला ३५ देखि ४० वर्षसम्मका देखिन्छन्,’ शुक्रबार राति डीएसपी कार्कीले..फुर्सदमा


यी हुन् तपाईले कसैलाई फोन गर्दा कोरोना बाट बच्न सिकाउने महिला

नेपाल टेलिकमले कोरोना भा’इरसको सं’क्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ । कुनै पनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा स’म्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्ने सहितको सन्देश दिन थालिएको हो । पटक पटक सावुनपानीले हात धुन, व्यक्तिहरुसँग सामाजिक दूरी कायम गर्न सन्देशमा भनिएको छ । टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारी सहितको रिंगब्याक टोन राखेको हो । फोन नउठ्दासम्म यस्तो सन्देश सहितको सचेतना ब्याक टोन बज्छ । सन्देशमा नेपाल टेलिभिजनमा कार्यरत पत्रकार अनिता बिन्दुले टेलिकमको सचेतना मूलक सन्देशमा आवाज दिएकी छिन् । प्रत्येक..फुर्सदमा


अस्ट्रेलियामा कोरोनालाई जितेर काममा फर्किएकी यी नेपाली नर्सको अनुभव ( पढ्नुहोस )

अस्ट्रेलियामा कोरोना भाइरस पराजित गरेकी नेपाली नर्स सञ्जिता न्यौपानेले उच्च मनोबलका साथ स्वास्थ्य सतर्कता अपनाएकाले आफूले कोरोना भाइरसलाई पराजित गर्न सफल भएको बताएकी छिन् । कोरोना पराजित गरेपछि इस्टरको लामो बिदा पनि काम र आफ्नो परिवारका साथ खुशी साथ बिताएकी सञ्जिताले अनलाइनखबरसँगको कुराकानीमा भनिन् अस्ट्रेलियामा भएका मेरा श्रीमानले छोरीहरु र मेरो राम्रो हेरचाह गर्नुभयो र नेपालबाट मेरा आमा बुवा तथा साथीहरुले मलाई निरन्तर स’म्पर्क गरेर मनोबल उकास्नु भयो । म सबैप्रति आभारी छु । भिक्टोरिया राज्यको नर्दन अस्पताल इपिंगका रजिस्टर्ड नर्सका रुपमा कार्यरत सञ्जिता सपरिवार मार्च २२मा अमेरिकाको न्यूयोर्कबाट मेलबर्न..फुर्सदमा