कोरोना भाइरस

 
 

यी हुन् कोरोना भाइरसबाट ज्यान गुमाउने पहिलो नेपाली

काठमाडौं। काभ्रेको धुलिखेल अस्पतालमा मृ’त्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले मृ’तक महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-९ निवासी २९ वर्षीया सावित्री तिम्सिना रहेकी छन्।कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।को’रोना संक्रमितको उपचारका लागि तो’किएको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएकी २९ वर्षीया युवतीको १ जेठ राति मृ’त्यु भएको थियो। त्रिवि शिक्षण अस्पतालमा नौ दिनअघि सु’त्केरी भएकी उनलाई अस्पतालबाट घर फर्केपछि श्वा’सप्रश्वासमा..फुर्सदमा


बाँके र मकवानपुरमा थप ९ जनामा संक्रमण, संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।


Breaking: निको भएर घर फर्किएका तीन जनामा पुनः कोरोना पोजेटिभ !

काठमाडौं— कोरोना भाइरस (कोभिड—१९) निको भएर घर फर्किएका ३ जनामा पुनः कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार कोरोना निको भएर डिस्चार्ज भएका तीनै जनामा एक हप्तापछि फ्लोअप परीक्षण गर्दा पुनः कोरोना पोजेटिभ देखिएको हो । निको भएर उमेर खुल्न नसकेका एक जना पुरुष र वीरगन्जस्थित नारायणी अस्पतालबाट निको भएर डिस्चार्ज भएका रौतहटका एक १९ वर्षीय युवक र वीरगन्जमा जमाती आएका एक भारतीय नागरिकको शुक्रबार पुनः कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु सबै नियमित प्रक्रियामा एक हप्तापछि अस्पतालमा फ्लोअपका लागि पुगेका हुन् । ‘उनीहरुमा कुनै लक्षण..फुर्सदमा


नेपालमा थप एकमा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ पुग्यो: यी हुन् पुष्टि भएका !

नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। दुई संक्रमित महिला निको भएर घर फर्केकै दि शनिबार थप एकमा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयको आधिकारिक वेवसाइटमा एक ६५ वर्षीय पुरुषमा नयाँ संक्रमण पुष्टि भएको उल्लेख छ। ती पुरुष उदयपुरको मस्जिदको भएको मन्त्रालय स्रोतल जनाएको छ। उनी नेपाली वा भारतीय को हुन भन्ने बारेमा केही खुलेको छैन।


बाटोमा पैसा फाल्ने दुईमध्ये एक महिलाको र्‍यापिड टेस्ट रिपोर्ट पोजिटिभ

जनकपुरमा बाटामा पैसा फालेर त्रासको सिर्जना गर्ने दुईमध्ये एकको र्‍यापिड डायग्नोस्टिक टेस्टको रिपोर्ट पोजिटिभ आएको छ। शनिबार प्रहरीले जनकपुरधाम उपमहानगरपालिका– ७, जानकी नगरबाट पक्राउ परेलगत्तै प्रहरीले ती महिलालाई प्रहरीले पक्राउ गरेलगत्तै प्रदेश अस्पताल जनकपुमा लगेर र्‍यापिड टेस्ट गराएको हो। ¥यापिड टेस्टको रिपोर्ट पोजेटिभ देखिएपछि अहिले प्रदश अस्पतालमा ती महिलाको पीसीआर विधिबाट नमूना (स्वाब) परीक्षण भइरहेको प्रदेश अस्पतालको ल्याबका एक कर्मचारीले बताए। शुक्रबार दिउँसो धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाटोमा शंकास्पद रूपमा नेपाली नोट (रुपैयाँ) फालेर ती महिला फरार भएका थिए। ती महिलाले कोरोना भाइरसको संक्रमण फैलाउन बाटोमा त्यसरी..फुर्सदमा


कोरोनालाई जितेर यसरी घर फर्किन १९ वर्षीया प्रसिद्धि श्रेष्ठ

काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किएकी छन् ।फ्रान्सबाट आएकी १९ वर्षीया श्रेष्ठ शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनी फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनी गत चैत ४ गते नेपाल आएकी थिइन्। नेपाल आएपछि गरीएको परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। त्यसपछि उनलाई चैत ९ गते अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाट उनलाई आज डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस विज्ञ माधव तिवारीले बताए। टेकु अस्पतालका निर्देशक डा सागर राज भण्डारीले प्रिलाष्ट परीक्षणमा दुई पटक..फुर्सदमा


यी हुन् कोरोना बिरुद्द लडाईंमा ज्यानको बाजी राखेर नेपालमा खटिएकी महिला डाक्टर

विश्वका धेरै देशमा एकै समयमा द्रुत गतिमा फैलिरहेको कोरोना भाइरसको त्रास सबैतिर छ । नेपालमा अहिले सम्म १५ जना भारतीय सहित ३० मानिसमा कोरोना भाइरसको सं’क्रमण देखिसकेको छ । कोभिड सं’क्रमणका बिरामीका उपचार खटिने स्वास्थ्यकर्मी उनीहरुको थ्रोट स्वाब जाच गर्ने ‘ल्याबमा काम गर्ने’ पनि उत्तिकै जोखिममा हुन्छन् । विश्वका विभिन्न मुलुकमा सुरक्षाका सामग्री पिपपिइ लगाएर सं’क्रमित बिरामी हेर्न चिकित्सक र स्वास्थ्यकर्मी समेत सं’क्रमित भएका तथा केही मृ’त्यु समेत भएको छ । यसैगरी अहिले धेरै सं’क्रममित तथा आशंका गरिएकाको थ्रोट स्वाब जाच गर्न व्यस्त छिन् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी डा रुना झा..फुर्सदमा


खुसीको खबर : टेकु अस्तालमा एक युवती कोरोना निको भएर घर फर्किइन् ! सेयर गरौ

कोराना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत एक युवती कोरोना जितेर घर फर्किएकी छिन् । उनी कोरोना पुष्टि भएपछि चैत १० गतेदेखि टेकुमा उपचाररत थिइन् । उनलाई शनिबार टेकु अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फ्रान्सबाट आएकी ती १९ वर्षीय युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी मन्त्रालयले संक्रमितको परिवारलाई मापदण्डअनुसार क्वारेन्टाइनमा राखेर टेस्ट गरेपनि उनीहरुमा भने नेगेटिभ देखिएको थियो..फुर्सदमा


कोरोना भाइरसको संक्रमणबाट बच्न कस्तो मास्क कसले लगाउँने ? पढ्नै पर्ने सम्पुर्ण जानकारी

सर्जिकल मास्कहरू र कपडा सिलाएर बनाइएका घरेलु मास्कहरू तथा अन्य किसिमका मास्कहरु अहिले कोरोना भाइरस वा कोभिड १९ संकटको समयमा सुरक्षाको प्रतीकात्मक भएका छन् । यी मास्कहरूले वास्तवमा कत्तिको सुरक्षा प्रदान गर्छन्, तिनीहरूलाई पुन: प्रयोग गर्न सकिन्छ, र तिनीहरूका सीमाहरू के हुन् ? यो लेखमा हामीले यी बिषयहरुमा सामान्य तर आममानिसले बुझ्ने गरि लेख्ने प्रयास गरेका छौँ । यो लेख बुझ्नका लागि सजिलो होस् भनेर हामीले प्रश्नोत्तरको शैलीमा लेखेका छौँ । यसमा भएका जवाफहरु सम्बन्धित व्यक्ति वा स्रोतसँगको सोधखोज वा अध्ययनबाट निकालिएको निष्कर्षहरु हुन् । कोरोनाभाइरस जस्तो भाइरस कसरी फैलिन्छ..फुर्सदमा


औषधि किनेर फर्किएका बिरामीलाई प्रहरीको निर्मम लाठी प्र’हार (भिडियो सहित)

काठमाडौं,  बैशाख । कोरोना भाइरस रोग संक्रमण नियन्त्रणका लागि २४ दिनदेखि देश लकडाउनमा छ । लकडाउनको समयमा अत्यावश्यक अवस्थामा बाहेक कोही पनि बाहिर निस्कन पाइँदैन । औषधि उपचार तथा अत्यावश्यक सेवाका लागि भने अनुमतिमा निस्कन पाइन्छ । तर आज कलंकीमा प्रहरीद्वारा बिरामी तथा औषधि किन्न गएका माथि नि’र्म’म तरिकाले लाठी प्र’हा’र भयो । हिजो शिक्षण अस्पतालका तीन डाक्टर माथि लाठी प्र’हा’र भएको घ’ट’ना सेलाउन नपाउँदै प्रहरीद्वारा आज अर्काे ज्या’दती भयो । म रिपोर्टिङका लागि चक्रपथ परिक्रमा गर्ने क्रममा आज साँझ करिव ५ बजेतिर कलंकीमा जे देखेँ त्यो अति नै नि’कृष्ठ..फुर्सदमा