कोभिड–१९

 
 

अमेरिकामा कोभिड-१९ को खोप वितरण गर्न सेना परिचालन गरिँदै

वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको खोप उपलब्ध भएपछि वितरण गर्न सेनालाई परिचालन गरिने बताएका छन् । २०२० को अन्त्यमा खोप वितरण गर्न सक्षम हुने भन्दै उनले यसका लागि सेनालाई तयार पारेका हुन् । ‘तपाईँलाई थाहा छ, यो खोप दिने काम ठूलो हो, हाम्रो सेना यसका लागि परिचालन हुन्छ । वर्षको अन्त्यमा हामी धेरै भन्दा धेरै जनताहरुलाई तिव्र रुपमा यो वितरण गर्नेछौँ,’ फक्स न्युजका लागि अन्तर्वार्तामा ट्रम्पले भने । २०२० को अन्त्यसम्ममा खोप तयार भइसक्ने ट्रम्पको विश्वास छ । र यसको वितरण अमेरिकाले गर्ने उनको भनाइ छ ।..फुर्सदमा


नेपालमा थप एकमा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ पुग्यो: यी हुन् पुष्टि भएका !

नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। दुई संक्रमित महिला निको भएर घर फर्केकै दि शनिबार थप एकमा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयको आधिकारिक वेवसाइटमा एक ६५ वर्षीय पुरुषमा नयाँ संक्रमण पुष्टि भएको उल्लेख छ। ती पुरुष उदयपुरको मस्जिदको भएको मन्त्रालय स्रोतल जनाएको छ। उनी नेपाली वा भारतीय को हुन भन्ने बारेमा केही खुलेको छैन।


कोरोनालाई जितेर यसरी घर फर्किन १९ वर्षीया प्रसिद्धि श्रेष्ठ

काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किएकी छन् ।फ्रान्सबाट आएकी १९ वर्षीया श्रेष्ठ शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनी फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनी गत चैत ४ गते नेपाल आएकी थिइन्। नेपाल आएपछि गरीएको परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। त्यसपछि उनलाई चैत ९ गते अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाट उनलाई आज डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस विज्ञ माधव तिवारीले बताए। टेकु अस्पतालका निर्देशक डा सागर राज भण्डारीले प्रिलाष्ट परीक्षणमा दुई पटक..फुर्सदमा


नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या ३० पुग्यो

५ बैशाख २०७७, शुक्रबार काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।कोरोना संक्रमित ३० मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । यसको स्वास्थ्य मन्त्रालयले भने अझै आधिकारिक पुष्टि गरेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका..फुर्सदमा


भर्खरैः नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

वैशाख ५, नेपालमा एकै दिन १४ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा हुन् । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।


गण्डकी प्रदेश सरकारले क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५ सय १० रुपैंयाँ दिने

कास्की । गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५ सय १० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि अबदेखि रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताउनुभयो । “बस्ने ठाउँको व्यवस्था स्थानीय र प्रदेश सरकारले समेत गरेको छ र क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि प्रतिदिन रु ५ सय १० का दरले उपलब्ध गराउने निर्णय भएको छ”, मन्त्री बस्नेतले भन्नुभयो..फुर्सदमा


प्रधानमन्त्रीले भने लकडाउन तत्काल हट्दैन, ‘लक डाउनमा नो कम्प्रमाइज’

२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् । सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए । दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुन नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा निर्देशन दिएजस्तो गर्ने कुनै संयन्त्र आवश्यकता छैन ।’ विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।कुराकानीका क्रममा उनले लकडाउन त्काल अन्त्य नहुने समेत बताएका..फुर्सदमा


अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो

अमेरिकामा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको संख्या सात हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या सात हजार एक सय ५२ पुगेको हो। अहिलेसम्म अमेरिकामा समग्र संक्रमितको संख्या दुई लाख ७७ हजार पुगेको छ। जसमध्ये करिब १० हजार मानिस निको भएर घर फर्केका छन्। चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को महामारी अहिले विश्वभर फैलिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भाइरस नियन्त्रणको जिम्मा सम्बन्धित राज्यका गभर्नरलाई सुम्पिएको बताएका छन्। यसअघि उनले भाइरस नियन्त्रणका लागि उचित कदम नचालेको भन्दै उनको आलोचना हुँदै आएको..फुर्सदमा


बहराइनमा एकै पटक ९ जना नेपालीमा कोरोना संक्रमण

बहराइनमा एकैपटक ९ जना नेपाली कामदार कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन्। यसअघि बहराइनमा ३ जना नेपालीमा कोरोना देखिएको थियो। बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारमा कोरोना पोजिटिभ देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताए। उनले भने, ‘बहराइनको सल्मावादस्थित एक क्याम्पमा कार्यरत विदेशी कामदारलाई कोरोना देखिएको थियो। त्यो क्याम्पमा नेपाली सहित ४ सय जना बस्दथे। सबैलाई क्याम्पमै क्वारेन्टाइनमा राखिएको हो’, ‘स्वास्थ्य परीक्षणको क्रममा ९ जना नेपालीलाई पोजिटिभ देखिएको हो।’ उनीहरुको अवस्था स्थिर छ। त्यस क्याम्पमा अझै कति नेपाली छन् भन्ने खुलेको छैन। बहराइनको स्वास्थ्य मन्त्रालय अनुसार शुक्रबारसम्म..फुर्सदमा