गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित २०५ पुगे


स्याङ्जा – गण्डकी प्रदेशमा ६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

गण्डकी प्रदेशका थप ६ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तनहुँको घिरिङ गाँउपालिकाका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरुलाई तनहुँकै जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राख्ने तयारी भएको छ ।

त्यस्तै नवलपरासी सुस्ता पूर्वको बौदिकाली गाँउपालिकाका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ५ पुगेको छ । सङ्क्रमितमध्ये २० जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द
  • यति खुसिको खबर नेपालले बनाए कोरोना खोप ( शक्दो शेयर गरौ )
  • भर्खरैः भारतबाट फर्किएका नेपाली बोकेको बस दु’र्घटना, ११ जनाको मृ’त्यु
  • संविधान संशोधन प्रस्ताव संसदमा पेश हुँदै