कैलाली : क्वरेण्टीनमा बसेकी महिलाको बलात्कार आरोपमा स्वास्थ्यकर्मीसहित ३ पक्राउ


कैलाली – कैलालीको लम्कीचुहामा क्वरेण्टीनमा बसेकी महिलाले स्वास्थ्यकर्मीले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन् ।

लम्कीचुहा नगरपालिका १ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वरेण्टीनमा बसेकी महिलाले स्वास्थ्यकर्मीले आफूमाथि बलात्कार गरेको बताएकी हुन् ।

ती महिला यही जेष्ठ २० गते गौरीफन्टा नाका हुँदै नेपाल आएर क्वरेण्टीनमा बसेकी थिइन् । गएराति क्वरेण्टीनमा खटिएका एक स्वास्थ्यकर्मी र दुई जना सहयोगीले सवा १२ बजेतिर आफूमाथि बलात्कार गरेको आरोप महिलाले लगाएकी छिन् । आरोपित तीनै जनालाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले आज लम्की बजारमा विरोध प्रदर्शन गरेका थिए ।

यस्तै आक्रोशितहरुले लम्कीचुहा नगरपालिका वडा १ को वडा कार्यालयसमेत घेराउ गरेका थिए । वडा कार्यालय घेराउ गर्ने क्रममा वडा कार्यलयमा कार्यरत एकज कर्मचारी पूजा ताम्राकार घाइते भएकी छिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • पर्वतको दुलुङ्गमा गएको पहिरोले एकै घरका ६ सहित ९ जनाको ज्यान लियो
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द
  • स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते
  • लकडाउनको समयमा आन्दोलन गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी