कोरोना भाइरसले भेट्यो भेटेन कसरी थाहा पाउने, भेटिहाल्यो भने पहिले के गर्ने ?


अहिले कोरोना भाइरस संसारभरी फैलिएको छ । कोरोना ापुगेका देश अब केही मात्र बाँकी छन् । यो बाट विश्वभरीका मानिस डराएका छन् । यसबाट डराउनु वा आत्तिन जरूरी छैन। अहिलेको चर्चा पूर्वसचेतताका लागि हो। लक्षण पनि अरू रोगसँग मिल्दाजुल्दा छन्। त्यसकारण संक्रमण भइहालेमा पनि जीवन नै माया माया मा र्नुपर्ने हो कि भनेर सोच्नु हुँदैन।

कोरोना भाइरसका लक्षण पहिचान गर्ने, पहिचान हुनासाथ संकेत देखिएमा एकदमै सर्तकता अपनाउँने । आफुलाई हो की भन्ने लाग्नासाथ तत्काल पुरै नाक मुख ढाक्ने खालको मास्क प्रयोग गर्ने । घरपरिवारले छुने केहीपनि बस्तु सामान नछुने । हाँट्यौँ आयोभने टिस्यू प्रयोग गर्ने, टिस्यू नहुनेले कपडाका टुक्रा प्रयोग गर्ने, प्रयोग गरेका कपडा खाल्डोमा राखेर माटोले छोप्ने । तातो, रसिलो, पोसिलो, झोलीलो कुरा खान थालि हाल्ने ।

अनि सबैसँग सहयोग लिएर कहाँ कुन अस्पतालमा आइसोलेशन वार्ड सहितको उपचार गर्ने व्यबस्था छ त्यो अस्पतालमा गइहाल्ने । त्यहाँ गएपछि गाह्रो पो हुने हो की भन्ने कहिलै महसुस नगर्ने । यो भाइरसले केबल ज्वरो, रुघा, खोकी मात्र दिने हो अरु कुनै असर छैन । यति बेलैमा होस् पुर्याए । सम्बन्धित असरलाई कम गर्न अस्पतालमै बसेर औषधी सेवन गरे करिब १४ दिन भित्र निको हुनेछ । यो भाइरस १४ दिनपछि शरिरबाट आफै हटेर जान्छ ।

भाइरस छिरेपछी औषधीपनि छैन जीवनभर रहने हो की भन्ने त्रास सबैमा छ । तर यसो हैन । भाइरस लागेपछि ज्वरो धेरै आएमा ज्वरो रोक्ने औषधी सेवन गर्ने हो । अत्याधिक खोकी लागेमा खोकी रोक्ने औषधी सेवन गर्ने हो । स्वास प्रश्वासमा असर गरेमा सहज हुने प्रविधि प्रयोग गर्ने हो । यसरी सहयोगी उपचार गराएमा छाती खराब हुने वा निमोनिया भएर मृत्यु हुने दरलाई अति कममा पुर्याउन सकिन्छ । यसरी १४,१५ दिनसम्म शरिरलाई धान्न रोग प्रतिरोधात्मक बनायो भने भाइरस आफै हटेर जान्छ । नियमित काममा फर्किन सकिन्छ ।

कोरोना भाइरस के हो ?

सामान्य भाषामा कोरोना भाइरस भनेको एउटा ‘ग्रुप अफ भाइरस’ हो। त्यहाँबाट विभिन्न प्रकारका प्रजाति निस्कन्छन्। यसअघि दुईवटा कोरोना भाइरस निस्केका थिए। एउटा ‘सार्स कोरोना’ र अर्को ‘मर्स कोरोना’। सार्स सन् २००२ र २००३ तिर चीनमा देखिएको थियो। यो ३०–३५ देशहरूमा फैलिएको थियो।

‘मर्स कोरोना’लाई ‘मिडल ईस्ट’ भाइरस पनि भनिन्छ। यसको प्रभाव अरेबियन देशहरूमा धेरै छ। सार्स धेरै वर्षदेखि देखिएको छैन भन्ने छ भने मर्स आजको मितिसम्म देखिएको छ। यही बीचमा २०१९ को डिसेम्बरमा चीनमा एउटा भाइरस देखियो। त्यसलाई मर्स कोरोना भाइरस जस्तो भनिएको थियो, मानिसहरू निमोनियाको बिरामी हुन थालेका थिए।

शुरूमा ३०–४० जनामा देखियो। पछि यो तीव्ररूपमा फैलिंदै गयो। त्यतिबेलासम्म यसलाई चाइना भाइरस, हवान भाइरस, ह्युवान भाइरस, वुहान निमोनिया भाइरस भन्दै विभिन्न नाम दिइयो। पछि परीक्षण गर्दा यो कोरोना भाइरसबाट निस्किएको रहेछ। तर, पहिले देखिएको सार्स र मर्स कोरोना भाइरसभन्दा धेरै फरक रहेछ। पछि विश्व स्वास्थ्य संगठनले नोबेल कोरोना भाइरस भन्ने नाम दियो। अहिले यो भाइरस तीव्र गतिमा फैलिँदै अमेरिकासम्म पुगेको छ। विश्व स्वास्थ्य संगठनले आपत्कालीन अवस्था भनेर घोषणा गरेको त छैन। तर, विश्वव्यापीरूपमै सचेत रहन आग्रह गरिसकेको छ। र, यो भाइरसबाट प्रभावितहरूलाई उच्च निगरानीमा राखिएको छ।

नोबेल कोरोना भाइरसका लक्षण के–के हुन्, हामीले कसरी थाहा पाउने ?

यो नयाँ भाइरस हो। आजसम्म कसैलाई पनि धेरै थाहा छैन। यो भाइरस चर्चामा आएको र यसका प्रजातिबारे पत्ता लागेको धेरै भएको छैन। अझ यो सर्पबाट पो मानिसमा सरेको हो कि भन्ने आशंका पनि व्यक्त गरिएको छ। यो आशंकामा अझै पनि वैज्ञानिकहरूले पूर्णरूपमा विश्वास गरिरहेका छैनन्। सर्पबाट कसरी सर्न सक्छ भन्ने तर्क–वितर्क जारी नै छन्। यो अनुसन्धान मेरो सरोकारको विषय पनि बनेको छ। सर्पमा भेटिएको कोरोना भाइरस मानिसमा देखिएका कारण सर्पबाटै सरेको हुन सक्छ भन्ने सम्भावना बढी हो।

चीनको वुहानमा रहेका सि फुड मार्केटबाट यो भाइरस आएको हुन सक्छ भन्ने पनि छ। त्यो ठाउँमा सि फुडलगायत जनावरको मासु खाने, बेच्ने गरिन्छ। त्यहाँ सर्प खाने चलन पनि छ। तर, अझै खोज जारी छ। यसको लक्षण एकदमै प्रष्ट छैन। मैले ‘मेडिकल हिस्ट्री’ हेर्दा के पाएँ भने नोबेल कोरोना भाइरसको मुख्य लक्षण तीनवटा छन्, ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु र छाती कसिएको महसूस हुनु हो।

ज्वरो आउने, टाउको दुख्ने, छाती दुख्ने अरू रोगका लक्षण पनि हुन सक्छन्। यो चिसोमा सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस लाग्यो कि भन्ने डर मानिसमा देखिन्छ नि !

भविष्यमा के हुन्छ म भन्न सक्दिनँ तर, अहिले तर्सिनुपर्ने अवस्था छैन। यो भाइरस अहिले धेरै देशमा फैलिएको छैन। वुहानमा देखिएको भाइरसका लागि चीनले निकै कडाइ गरेको छ। यसको मतलब यो फैलिँदैन भन्ने होइन। हामीले यो नेपालमा नफैलियोस् भन्नेमा बढी ध्यान दिनुपर्छ। भाइरस देखिहालेमा छुट्टै उच्च निगरानीमा राखेर उपचार गर्ने हो। मुख्य कुरा हामी कसरी जोगिने भन्ने हो। हामीले अन्तर्राष्ट्रिय विमानस्थलमा र स्थल मार्गका नाकाहरूमा हेल्थ डेस्क राख्न जरुरी छ, जसको शुरूवात भइसकेको छ। विश्वले जसरी नोबेल कोरोना भाइरसबाट बच्न अभ्यास गरिरहेको छ, त्यो उपाय हामीले पनि अपनाइसकेका छौं। हामीले पनि श्वास फेर्न अप्ठ्यारो भए आउनुस् भनेर भनिसकेका छौं।

यसको उपचार कति महँगो छ ?

मैले यसलाई फ्लू जस्तै लिन्छु। डेंगीको जसरी उपचार गर्‍यौं, त्यसरी नै यसको पनि लक्षणको आधारमा उपचार गर्ने हो। यसबाट झण्डै दुई प्रतिशतका हाराहारीमा मृत्यु भएको छ। यो भनेको निकै कम दर हो। यो पनि हुनु हुँदैन तर, अन्यको तुलनामा यो मृत्युदर कम हो। अहिले पनि मर्स भाइरसबाट १०० मा ३५ जना मर्छन् भने कोरोना भाइरसबाट १०० मा दुईजना मर्छन। तर, यो भाइरस नयाँ भएका कारण यसको चिन्ता र चर्चा बढी भएको हो।

यो भाइरस नसरोस् भन्नका लागि के गर्ने ?

डराउनु हुँदैन। किनभने अहिलेको हल्ला या चर्चा पूर्वसचेतताका लागि हो। त्यसकारण मरिहाल्छु भनेर सोच्नु हुँदैन। चीनमा एकैपटक धेरैजना बिरामी भएर अस्पताल भर्ना भएकाले डर बढी भएको हो। लक्षण पनि अरू रोगसँग मिल्दाजुल्दा छन्। त्यसकारण मलाई पनि कोरोना भाइरस सर्‍यो कि भन्ने लाग्न सक्छ। यो भाइरस लागेको शंका लागेमा छुट्टै राखेर उच्च निगरानीमा उपचार गर्नुपर्छ। कथम‍्कदाचित कोरोना भाइरस नै लागिहाल्यो र काठमाडौं बाहिर बस्नु हुन्छ भने पनि डराउनु पर्दैन।

यो कुनै विशेष प्रकारको औषधिले ठीक पार्छु भन्ने होइन। यो लक्षणको आधारमा डाक्टरले उपचार गर्दै जाने हो। जस्तो हामीले डेंगीको उपचार गरेका थियौं। यो भाइरस उमेरले पाका भएका व्यक्ति र पहिलेदेखि नै दीर्घ रोग लागेका मानिसमा देखिएको छ। बालबालिकाको उपचार पनि सामान्य तरिकाले हुन्छ। त्यसैले आत्तिनु हुँदैन तर, जोगिनु आवश्यक छ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कपाल झर्न रोक्ने यी हुन ७ घरेलु उपाय
  • भनेकै समयमा ग’र्भ बस्नको लागि यो समयमा यौ’न सम्पर्क गर्नुपर्छ : डा. सबिना सिम्खडा
  • महिलाहरुले क’ण्डम कसरी प्रयोग गर्छन ? खुल्यो यस्तो रोचक तथ्य
  • स्याङ्जामा २२ सहित गण्डकीमा थप ३७ जनामा कोरोना