लकडाउनको समयमा आन्दोलन गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी


काठमाडौं । लकडाउनको समयमा प्रदर्शन गर्नेहरुलाई कारबाही गर्ने गृह मन्त्रालय ले चेतावनी दिएको छ । पछिल्लो समय सरकारविरुद्ध आन्दोलन हुन थालेको छ । बिहीबार मात्र पनि बालुवाटारमा दुई हजारभन्दा बढी मानिस जम्मा भएर प्रदर्शन गरेका थिए । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट आह्वान गर्ने, जुलस तथा शान्तिपूर्ण धर्नाका नाममा धेरै मानिस सहभागी हुने गरेको पाइएको बताएको छ ।

यो बन्दबन्दीको आदेश विपरित भएको भन्दै गृह मन्त्रालयले १०० देखि ६०० रुपैयाँसम्म र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने स्मरण गराएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कैलाली : क्वरेण्टीनमा बसेकी महिलाको बलात्कार आरोपमा स्वास्थ्यकर्मीसहित ३ पक्राउ
  • पर्वतको दुलुङ्गमा गएको पहिरोले एकै घरका ६ सहित ९ जनाको ज्यान लियो
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द
  • स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते