मोटरसाइकलमा एक जना, कारमा दुई जना मात्रै, अरु के के गर्न पाइने, के के पाइन ?


काठमाडौं । सरकारले चौतर्फी लबाबपछि लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार भएको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले मोटरसाइकलमा एक जना र कारमा दुई जना मात्रै चढ्न पाइने व्यवस्था गरिएको बताए ।मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने छन् भने कारमा चालकबाहेक दुई जना मात्रै चढ्न सक्नेछन् । सबै प्रकारका पैदल आवागमन र साइकल सञ्चालनलाई खुल्ला गरिनुका साथै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ ।सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ।तर सपिङ मल भने खोल्न नपाइने खतिवडाले जानकारी दिए ।

यो पनि काठमाडौं । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर बिहीबार पनि सरकारविरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा विरोध प्रदर्शन भएको छ ।

विभिन्न नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी तितरवितर पारेको छ । उनीहरुले विवादास्पद एमसीसी पास गर्न नगर्न पनि आग्रह गरेका छन् । प्रदर्शनमा हजारौं सहभागी थिए । लकडाउनको खुकुलो बनाएका कारण पनि प्रदर्शनमा उल्लेख्य सहभागिता बढेको हो । बालुवाटारमा यसअघि भएको प्रदर्शनमा पनि प्रहरीले हस्तक्षेप गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कैलाली : क्वरेण्टीनमा बसेकी महिलाको बलात्कार आरोपमा स्वास्थ्यकर्मीसहित ३ पक्राउ
  • पर्वतको दुलुङ्गमा गएको पहिरोले एकै घरका ६ सहित ९ जनाको ज्यान लियो
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द
  • स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते