नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, संख्या १६ पुग्यो


काठमाडौं – नेपालमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएकमो छ । मृत्यु हुनेमा अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षका पुरुष रहेका छन् । अस्पतालबाट घर फर्कदै गरेका उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलका अनुसार घाँटीको शल्यक्रिया गरेका उनी स्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कले प्रादेशिक अस्पताल बुटबल पठाएको थियो । तर अस्पताले भने घरमै आराम गर्न भनेपछि उनी घर फर्किएका थिए ।

उनको घर फर्कदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ । ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयको क्वारेन्टीनमा बसेका उनको स्वाब परीक्षणका गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । उनको कोरोनाका कारण मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कैलाली : क्वरेण्टीनमा बसेकी महिलाको बलात्कार आरोपमा स्वास्थ्यकर्मीसहित ३ पक्राउ
  • पर्वतको दुलुङ्गमा गएको पहिरोले एकै घरका ६ सहित ९ जनाको ज्यान लियो
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द
  • स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते