एउटा गितको पारिश्रमीक दुई लाख लिन थालिक बिष्णु माझीले: सामाजिक सञ्जालमा भयो खैलाबैला


नेपाली लोक तथा दोहोरी गितको क्षेत्रमा बिभिन्न कुराहरुले बेला बेलामा तरंग ल्याईरहन्छ । यो बेला फेरी अहिलेका बहुचर्चित एंव लोकप्रिय गायिका बिष्णु माझीले एउटा गित गाए बापत त्यसको पारिश्रमीक २ लाख लिने कुराले निकै तातिरहेको छ । समाजिक सञ्जाल तथा जताजतै बिष्णु माझीको पक्ष बिपक्षमा तर्क प्रस्तुुत भइरहेको छ ।

माझीले एल्बममा गीत गाउदा लिने पारिश्रमीक बढाएपछी सामाजीक सन्जालमा हलचल मच्चिएको छ। कसैले आलोचना गरेका छन भने कसैले उनको निर्णयको स्वागत गरेका छन । यसै विच गीत संगीत ब्यबसायी सुबास रेग्मी विष्णु माझीको पक्षमा उत्रीएका छन भने गीतकार दुर्गा पंगेनी ले पनि माझीको सह्राहना गरेका छन। हेरौं उनीहरुका सामाजिक सञ्जालमा लेखिएका तर्कहरु जस्ताको तस्तै।

सुबास रेग्मी: कुनैपनि प्रोड्युसरको लगानिमा बनेको म्यूजिक ट्र्याक बोकेर कार्यक्रममा दुकुर्दिनन । कुनैपनि गीतकार संङ्गीतकारको श्रृजना प्रयोग गरेर आफ्नो मात्र सुन्द्रो भर्दिनन । टाईममा स्टुडीयो आऊछीन गीत गाऊछीन र दुई लाख पारिश्रमिक लिएर जान्छीन ।

कसैको अधिकार हनन नगरी आफ्नो अधिकारलाई निर्धक्क प्रयोग गर्छीन । यो ब्यबसायिकता अहीलेको आबश्यकता हो । मलाई गर्व छ नेपाली संङ्गीत क्षेत्रमा राम्रा र ब्यबसायिक गायिकाहरूपनि छन । सलाम बिष्णु ।

दुर्गा पंगेनी: लोकप्रिय भारतिय गायक दिलेर मेहेन्दीले यौटा गीत गाएको साठी लाख र एल्बम प्याकेजको दुई करोड लिने रहेछन। भारतिय गायिका नेहा कक्कडले यौटा स्टेज शो गरेको २५ लाख लिने रहिछन संगीतकार प्रितम दा ले यौटा गीतमा संगीत भरेको ४० लाख लिने रैछन भारतिय कोरियोग्राफर अहमद ले यौटा मात्र गीतको कोरियोग्राफी गरेको एक करोड लिने रहेछन। त्यस्तो हुन्छ कलाको मुल्य।

नेपालमा विष्णु माझीको दुईलाख पुग्दा उनको आलोचना हुनुपर्ने केही छैन। संगीत क्षेत्रमा मुल्य बढ्नु को संकेत दुईटा हुन सक्छन। मुल्य बढे माग घट्ने या आवस्यकता अनुसार मुल्य जती नै बढेपनि माग यथावत रहने यि दुई मध्ये एक त पक्कै हुन्छ। नेपाली सांगीतीक क्षेत्र कति धनी छ कति लगानी गरिन सक्छ भनेर बुझ्ने मौका यही हो, बिष्णुको माग घटेन भने बुझ्नुस नेपाली संगीत क्षेत्र धेरै धनी भईसक्याछ।

उनको पारिश्रमीक ५ हजार बाट दश हजार पनि अप्रत्यासित रुपमै बढेको थियो, अनी १५ नभई २० भएको हुनुपर्छ। २० बाट ५० र सालको पात पछी अचानक १ लाख पुगेको हो। यस हिसाबमा दुई लाखको माग हुनु नौलो विषय होईन । सक्ने ले तिर्नेहो नसक्नेले अरुले गरेको सुन्ने र चित्त बुझाउने हो। पारिश्रमीक को विषय नितान्त निजी मामला भएको कारण यसमा आलोचना या टिप्पणीको कुनै औचित्य होला जस्तो लाग्दैन।

खैर माझीको २ लाख पारिश्रमीकले नेपाली लोक तथा दोहोरी गितको क्षेत्रलाई थप उचाईरमा पुराउने छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • आमाको फोटो राखेर भाबुक स्टाटस लेख्दै अस्ताए सुशान्त
  • बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन
  • दुलहीले लगाइन् डिजाइनर मास्क, आइडियाको चौतर्फी वाहवाही
  • छोरीसंग टिकटकमा रमाउँदै पूर्वयुवराज्ञी हिमानी शाह (भिडियोसहित)