विवाहको लागी केटा नपाएर हैरान भाछुँ


नायिका निता ढुंगाना अहिले आफ्नो रिलिज हुन लागेको चलचित्र ‘कर्मा’ को प्रचार प्रसारमा रहेको बेला आफुलाई विवाह गर्न हतार भएको बताएकी छिन् । निता दुंगानाले क्यानाडा नेपालसंग कुराकानी गर्दै भनिन्, मलाई विवाह गर्न रहर लागेको छ तर विवाह गर्न केटा भेटाउन गाह्रो रहेछ। खोज्न पनि लाएकी छु तर अहिले सम्म कोही भेटिएको छैन र जुरेको पनि छैन ।

मिल्ने केटा पाए म विवाह गर्न तयार अवस्थामा छु । यो वर्ष त होईन अर्को वर्ष सम्म पक्का मेरो विवाह हुन्छ भन्ने लागेको छ । नायिका निता दुंगानाले अहिले चलचित्र निर्माणमा हात हालेकी छिन र चाडै नै चलचित्र फ्लोरमा लाने तयारीमा जुटेकी छिन् । दुई वर्ष अघि आफ्नो जन्मदिनमा’ चलचित्र निर्माण गर्ने घोषणा गरेकी निताले अहिले आएर मात्र फ्लोरमा जाने पक्का गरेकी छिन् ।

घोषणा गरेको दुई वर्ष पश्चात मात्र किन बल्ल फ्लोरमा जान लाग्यो भने सोध्दा निता भन्छिन्, सुरुमा चलचित्रको कन्सेप्ट मन परेर निर्माणको घोषणा गरे तर त्यो बेला निर्देशक नै हराए र चलचित्र रोकियो । त्यस पश्चात पैसा नि कमि भयो र चलचित्र रोकियो र कहिले पैसा हुँदा राम्रो कन्सेप्ट हात लागेन । अहिले आएर सबै कुरा मिलेको छ र चलचित्र फ्लोरमा जाँदैछ ।”

निता ढुंगानाको प्रेम र ब्रेकअपको गसिपले मिडिया घरिघरि तात्तिने गर्थ्यो । आमेश भण्डारीसंगको ब्रेकअप पश्चात निता ढुंगाना अहिले सिंगल बस्दै आएकी छिन । लाईफ नेपाली बाट । यो पनि पढ्नुस पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो ।

यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • लभ म्यारिज गर्ने सपना भए पनि प्रेमी पाउन गाह्रो भो
  • कोरोनासित डर लाग्न छाड्यो
  • ब्वाइफ्रेन्ड बनाउने रहर
  • डेरावाल दिदी- ‘कहिलेकाहीँ त्यता साँघुरो भए सुत्न मेरोतिर आए पनि हुन्छ नि भाइ’! पुरा पढेर मजा लिनुहोस्