घरायशी कुरामा बाद बिबाद हुँदा आफ्नै बाबुको कोदालो प्रहार गरी ह”त्या


आफ्नै बुबाको ह’त्यामा संग्लग्न २ दाजुभाई पक्राउ आफ्नै बुबाको कर्तब्य गरी ह’त्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले २ दाजु भाईलाई पक्राउ गरेको छ । आफ्नै घर भित्र खाल्डोमा मृ’त फेला परेका मोरङको बिराटनगर महानगरपालिका-१४ झटियाहीका ६९ बर्षीय सत्यराम भनिने सिताराम चौहानको निजकै छोराहरु २९ बर्षीय रोहित चौहान र २६ बर्षीय नागेन्द्र चौहानले कर्तब्य गरी हत्या गरेको आशंकामा पक्राउ गरिएको थियो ।

पक्राउ परेका दुबै जनाले यही जेष्ठ ३ गते राती आफ्नै बृद्ध बुबालाई घरायशी कुरामा बाद बिबाद हुँदा रि’शको आवेगमा कोदालोले टा’उकोमा प्रहार गरी ह’त्या गरेको र बुबा सुत्ने खाट मुनी खाल्डो खनेर श’व गा’डेको अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउ परेका दुबै प्रतिवादीहरुलाई क’र्तव्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साभार : नेपाल प्रहारी

भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भविष्यको परिणाम ख्याल गरेर राजनीतिक सीमा निर्धारण सम्बन्धी कदम चाल्न नेपाललाई चेतावनी दिएका छन् । आदित्यनाथले बुधबार लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा नेपालले आफ्नो सीमा बारे निर्णय गर्नुपर्ने बताएको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन् ।

२ जेठमा भारतका स्थल सेनाध्यक्ष मणिमुकुन्द नरभणेले कसैको उक्साहटमा नेपालले लिपुलेक सडकको विरोध गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ताका लागि नेपालको प्रस्तावको जवाफ भारतबाट आएको छैन, तर प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्त निकटस्थ योगीबाट नकारात्मक टिप्पणी आएको छ । ‘नेपाल र भारत दुई देश भए पनि हाम्रो आत्मा एउटै हो । नेपालले तिब्बतको भविष्य के भएको हो भन्ने विचार गर्नुपर्छ । उसले तिब्बतको जस्तो गल्ती गर्नु हुँदैन,’ आदित्यनाथले भनेका छन् ।

नेपालसँग सांस्कृतिक रूपमा सम्बन्ध रहेको गोरक्षपीठका महन्तसमेत रहेका योगी विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका उपाध्यक्ष हुन् । महासंघले नेपालमा राजसंस्थासहित हिन्दू अधिराज्यका पक्षमा राजनीतिक लबिङ गर्दै आएको छ । आदित्यनाथले नेपाललाई स्पष्ट शब्दमा भनेका छन्, ‘नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दाअघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा पनि सोच्नुपर्छ ।

विगतमा तिब्बतमा के भएको थियो, तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालीले सम्झिनुपर्छ ।’ आदित्यनाथले नेपालको तिब्बतीकरणको भय पोखेका हुन् वा तिब्बत चीनमा मिसिएझैँ भारतले नेपाललाई लिने धम्की दिएका हुन् भन्ने स्पष्ट पारेनन् । भारतले २६ वैशाखमा नेपाली भूमि भएर लिपुलेक जोड्ने सडक उद्घाटन गरेपछि नेपालले विरोध जनाएको थियो । भारतका सेनाध्यक्षले २ जेठमा कसैको उक्साहटमा नेपालले विरोध गरेको आरोप लगाएको पाँच दिनपछि ७ जेठमा नेपालले लिम्पियाधुरासम्म समेटिएको नयाँ नक्सा जारी गरेको थियो ।

यस बारे नेपाल र भारतमा बहस भइरहेका वेला योगी आदित्यनाथको नकारात्मक टिप्पणी आएको हो । नेपालको पछिल्लो राजनीतिक परिवर्तनका कटु आलोचक आदित्यनाथ नेपालमा हिन्दू राष्ट्र र राजसंस्था पुनस्थापनाका कट्टर पक्षपाती हुन् । मुख्यमन्त्री आदित्यनाथले २४ पुस २०७४ मा पूर्वराजा ज्ञानेन्द्र शाहलाई लखनउस्थित निवासमा भेटेका थिए । यो पनि पढौ :

काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेस युवा नेता एवं सांसद गगन थापाले नेपालको परिवर्तित नक्सालाई तत्काल संविधानको अंग बनाउन तत्काल संविधान संशोधन गरी राष्ट्रिय संकल्प बनाउन आग्रह गरेका छन् ।शनिबार एक विज्ञप्ति जारी गर्दै थापाले नक्सा संविधानको अंग भएसँगै राष्ट्रिय स्वाभिमानको लडाइँमा महत्वपूर्ण अध्याय सुरु हुने बताएका छन् । त्यसपछि कूटनीतिक रूपमा अझै जिम्मेवारी पूर्वक गर्नुपर्नेमा थापाको जोड छ । नक्सा संविधानको अंग बनेपछि प्रभावकारी कूटनीतिक पहल गरी नेपालको भूमिबाट भारतको नियन्त्रण अन्त्य गर्नुपर्ने उनले बताए ।

थापाले भने, ‘यतिखेर भारतले नेपाली भूभागमा उपस्थितिसँगै नियन्त्रण राखेको अवस्था छ । अबको बाटो भनेको हामीले हाम्रो भूभागबाट भारतको उपस्थिति तथा नियन्त्रणको अन्त्य गरी आफ्नो प्रभावकारी नियन्त्रण स्थापित गर्ने हो ।राष्ट्रिय स्वाभिमानको खाँतिर परिवर्तित नक्सा जारी गर्ने सन्दर्भमा सबै एकढिक्का भएर, एक ठाउँ उभिएको उनको भनाइ छ । नेपालको संसद् आमनेपालीहरूको राजनीतिक प्रतिनिधित्व हुने सर्वोच्च निकाय भएको भन्दै उनले सामूहिक संकल्पको समय आएको बताए ।

थापाले भने, ‘यस सर्वोच्च निकायमा उपस्थित हामी सबै जनप्रतिनिधिहरूले, संविधानमा नक्सा संशोधन गरेसँगै, यथास्थितिमा नेपाली भूभागमा रहेको भारतको उपस्थिति तथा नियन्त्रणबाट नेपाली भूभाग प्रभावकारी नियन्त्रणसहित फिर्ता लिई छाड्छौँ भन्ने संकल्प गरौँ। सीमासँग सम्बन्धित विषयमा नेपाली काँग्रेसका सांसद र नेकपाका सांसदले दर्ता गराउनुभएका दुई भिन्न भिन्न संकल्प प्रस्तावलाई पुनर्लेखन गर्न माग गरे ।

थापाले परिवर्तित नक्सामा उल्लेख गरिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग नेपालको पूर्ण नियन्त्रणमा ल्याउने संकल्प सहितको साझा संकल्प प्रस्ताव मस्यौदा गरी सर्वसम्मत रूपमा संसदबाट संकल्प पारित गर्न आग्रह गरे ।यसो गर्दा संसद् तथा संसद्को संकल्पप्रति सरकारलाई जवाफदेही बनाइरहने थापाको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कैलाली : क्वरेण्टीनमा बसेकी महिलाको बलात्कार आरोपमा स्वास्थ्यकर्मीसहित ३ पक्राउ
  • पर्वतको दुलुङ्गमा गएको पहिरोले एकै घरका ६ सहित ९ जनाको ज्यान लियो
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द
  • लकडाउनको समयमा आन्दोलन गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी