कोरोनासित डर लाग्न छाड्यो


उषा खड्गी सातौं मिस नेपाल हुन्। सन् २००० मा आयोजना भएको मिस नेपाल नामक प्रतियोगिता जितेकी थिइन्। उषा सन् १९९९ मा मिस पोखराको पहिलो उप विजेता थिइन् र पछि उनले सन् २००० मा मिस बीरगञ्ज भाग लिँदै पहिलो उप विजेता भएकी थिइन्। उनको विवाह नेपाल टेलिभिजनको पूर्व कार्यक्रम प्रस्तोता जिपि तिमिल्सिनासँग भएको थियो भने उनीबाट मा’नसिक यातना दिएको भन्दै उनले स’म्बन्ध बिच्छेद गरेकी थिइन्।

वीरगञ्ज निवासी उत्तमबहादुर खड्गी र उर्मिला खड्गीकी सुपुत्री उषाले सन् १९९९मा पोखरा सुन्दरी प्रतियोगितामा भाग लिई प्रथम उप-विजेताको उपाधी हासिल गरेकी थिइन्। तीन दिदी-बहिनी र एक भाइहरूमध्ये जेठी उषाले प्रवेशिका परीक्षा वीरगञ्ज कन्या माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी थिइन्। हरिखेतान महिला बहुमुखी क्याम्पस, वीरगञ्जबाट आई ए उत्तीर्ण भएकी उषा मिस नेपाल हुँदा सोही क्याम्पसमा बी ए ‘प्रथम वर्ष’मा अध्ययनरत थिइन्।

मीस नेपाल २००० तथा फेसन डिजाइनर हुन्, उषा खड्गी । उनले लकडाउनको समय बिरगञ्जमा बसेर बिताइरहेकी छिन् । उनै खड्गीसित नारीकर्मी सिर्जना दुवाल श्रेष्ठले गरेको संक्षिप्त कुराकानी

लकडाउन सकिने बित्तिकै के गर्नुहुन्छ ?

बिरगञ्जबाट काठमाडौं जान्छु । अनि बुटिक हेर्न जान्छु ।

दिनभर घर भित्रै रहादाको अनुभव कस्तो भइरहेको छ ?

सुरुको दुई साता आनन्दै भयो । सुतेरै समय बिताएा । त्यसपछि दिनहरु काट्न मुस्किल भइरहेको छ । काम, पैसाको चिन्ताले सताउन थाल्यो । क्रमश आफ्नो मात्रै तनाव होइन भनेर चित्त बुझाइ रहेको छु ।

कुनै सिर्जनात्मक गतिविधि गर्नुभएको छैन ?

एक महिनादेखि इन्स्टाग्राम मार्फत् हरेक दिन लाइभ कार्यक्रम चलाइरहेको छु । एक घण्टाको सो कार्यक्रममा सेलिब्रेटी, मनोचिकित्सक लगायत व्यक्तिसंग अन्तरवार्ता गरिरहेको छु । १४ वर्षदेखि अन्तरवार्ताको कार्यक्रम चलाएको थिएन ।

यसलाई निरन्तरता दिने सोच बनाउनु भएको छ कि ?

कुनै टेलिभिजन च्यानलवा युट्युबमा भएपनि ‘उषाज शो’ नामक अन्तरवार्ताको कार्यक्रम चलाउने प्लान बनाएको छु । लकडाउन पछि स्टुडियो सेटअप गरेर लाइभ शो गर्ने सोच छ ।

कोरोनासाग कतिको डराउनु भयो ?

सुरुमा त एकदमै डराए । नेपालमा एक जनालाई लाग्यो भन्नासाथ डर लाग्यो । २,३ जना हुादै गए पछि झनै डराए । खाना खाएपनि नपचेको जस्तो, बच्चाहरुलाई हेऱ्यो कि रुन मन लाग्ने, खोकीमात्र लाग्दा पनि म’र्छु कि भन्ने डर लाग्थ्यो । त्यसमा पनि बिरगञ्जमा लाग्यो भने पछि झनै डराए । तर पछिल्लो पटक निको भएकाहरु देखेर सकरात्मक हुन थालें । डराउनु भन्दा लड्नु पर्छ भन्ने सोच आयो । त्यस पछि नेगेटिभ न्यूजहरु हेर्दै हेरिना । अहिले खासै डरै छैन ।

डराएर होइन लडेर भन्नु भयो, कोरोनासंग कसरी लड्ने त ?

राम्रो हेरचाह, ईम्युनिटी पावर छ भने निको हुने रहेछ भन्ने लाग्यो । ब्यालेन्स डाइटहरु खाएर, कागती, बेसार, तेजपत्ता, दालचिनी उमालेर खाने, एसीमा नबस्ने, फ्रीजका खानाहरु हटाएको छु । आफू शा’रीरिक र मानसिक रुपमा सबल भएपछि पक्कै पनि कोरोनासाग लड्न सकिन्छ होला ।

अब तपाईंको बिजनेशलाई पनि असर गर्ला नि !

पहिला जस्तो राम्रो हुन त समय लाग्ला । तर बुटिकको व्यापार भएकाले बिहे, ब्रतबन्धको सिजनमा राम्रै हुने अपेक्षा छ । पहिला भन्दा सस्तो दरमा काम गर्नुपर्ला । अनलाइन सपिङ बढी चल्ला, त्यहीं अनुसार तयारी गर्ने सोचेको छु ।

लकडाउनले केही सिकायो पनि कि ?

परिस्थिति अनुसार बााच्न सक्नुपर्ने चेतना भयो । नारी म्यागजिन बाट।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • विवाहको लागी केटा नपाएर हैरान भाछुँ
  • लभ म्यारिज गर्ने सपना भए पनि प्रेमी पाउन गाह्रो भो
  • ब्वाइफ्रेन्ड बनाउने रहर
  • डेरावाल दिदी- ‘कहिलेकाहीँ त्यता साँघुरो भए सुत्न मेरोतिर आए पनि हुन्छ नि भाइ’! पुरा पढेर मजा लिनुहोस्