
बाँकेको राप्ती सोनारी गाउँपालिका- २ ठुरिया जंगलमा आइतबार राति भएको सवारी दु’र्घटनामा पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं- ३, पातेटाकुराका एकै परिवारका तीन जनाको नि’धन भएको छ ।
दुर्घट’नामा नि’धन हुनेमा पूर्ण बहादुर पुन, श्रीमती सीता पुन र छोरा हीमान्सु पुन रहेको बताइएको छ । उनीहरु सपरिवार भारतमा मजदुरी गर्न गएको बुझिएको छ । कोरोनाका कारण भारतबाट घर फर्कने क्रममा उनीहरुको दु’र्घटनामा परि नि’धन भएको हो । एकै परिवारका तीन जाको नि’धन भएपछि परिवार मात्र होइन पुरा गाँउ नै शो’कमा डु’बेको छ ।
भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ आउँदै गरेको गाडी आइतबार राती करिब १२ बजेतिर दुर्घ’टनामा परेको थियो । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घ’टना भएको हो ।
भिडियोमा हेर्नुहोस्