उमेरले ३० वर्ष काटेपछि महिलाले अनिवार्य गराउनुपर्ने यी ५ परी’क्षण


व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ। पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गड`बड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्। उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन्।

त्यसैले ३० वर्ष उमेर पार गरेका महिला`लाई समय समयमा स्वास्थ्य जाँच गराउ`नुपर्ने विज्ञहरु सल्लाह दिन्छन्। पछिल्लो समय कतिपय महिला पाठेघरको मुखकोक्यान्सर,स्तन क्यान्सर, हड्डी खिइने,थाइराइडजस्ता रोगबाट ग्रसि`त हुने गरेका छन्।यस्ता रोग लागिसकेपछि नियन्त्रण गर्न र उपचार विधि पनि महंगो भएकाले यस्ता रोग लागेका महिला अका`लमै ज्यान गुमाउन बाध्य छन्।

समयमै यस्ता रोगको परीक्षण गर्दा रोग लाग्नबाट बच्न सकिन्छ। परीक्षण महंगो पनि छैन। त्यसैले ३० वर्ष उमेर पार गरेका महिलाले यी ५ वटा टेस्ट गराउनु अति आवश्यक छ।

मेमोग्राम पछिल्लो समय महिलामा स्तन क्यान्स`रको खतरा बढ्दै गएको छ।स्तन क्यान्स`र तथा ट्युमर परीक्षणका लागि विभिन्न विधि भएपनि मेमोग्राम सस्तो विधि मानिन्छ। यो विधि`बाट स्तनको एक्सरे लिइन्छ।महिलामा ४० वर्ष उमेर कटिसकेपछि स्तन क्यान्सरको खतरा बढ्ने भ`एकाले विज्ञको सल्लाहअनुसार मेमो`ग्राम गराउनुपर्छ।

प्याप स्मेयर टेस्ट पाठेघर`को क्यान्सर पत्ता लगाउने विधि हो प्याम स्मेयर।स्तन क्यान्सर पछि देखिने रोगमा पर्छ पाठेघर मुखको क्यान्सर।प्याप स्मेयर एक साधारण परीक्षण हो। प्याप स्मेयर टेष्टमा महिलाको यो नी बाट निश्चित मात्रामा कोशिका निकालेर परीक्षणका लागि ल्याबमा पठाइने गरिन्छ। यो जाँच गर्दा महिलालाई कुनै प्रकारको पीडा महसुस हुँदैन।

थाइराइड टेस्ट अनावश्यक तौल बढ्ने बित्तिकै शरीरमा हर्मोनको असन्तुलन हुन्छ।एक अध्ययनअनुसार पुरुषभन्दा महिलामा थाइराइडको समस्या दश गुणा बढी हुन्छ।स्वास्थ्य विज्ञका अनुसार थाइराइड ह’र्मोन मानव शरीरका लागि आवश्यक हुन्छ। तर यसको मात्रामा गडबड भएमा यसले रोग’को रुप लिनेगर्छ। थाइ`राइडको प्रकारअनुसार उपचार विधि पनि फरक छ।

एचपीवी भाइ’रस टेस्ट एचपीवी अर्थात् ह्युमन पेपिलोमा भाइ|रस एक निकै खतर`नाक भा`इरस हो।यो सबैभन्दा तीब्र रुपमा फैलने भाइरस हो। कतिपय स्थितिमा यो भाइ`रसबाट लाग्ने रोगको लक्षण पनि थाहा हुँदैन। प्रायजसो यौ न स’म्पर्कपछि यो भाइरस फैलने संभावना बढी रहन्छ।

बोन डेन्सिटी टेस्ट उमेरअ`नुसार हड्डीजन्य समस्या पनि देखापर्छन्। शरीरमा हड्डी`को अवस्थाबारे पनि टेस्ट गराउन सकिन्छ । शरीरमा लाग्ने सानातिना चोटपटकले पनि हड्डी कम`जोर बनाउनमा ठूलो भूमिका खेल्छन्। शरीरमा हड्डीको अवस्थाबारे थाहा पाउन बोन डेन्सिटी टेस्ट गराउनु आवश्यक छ । आजकाल गलत खानपानले २० वर्ष उमेर नपुग्दै महिलामा हड्डीको समस्या देखिने गरेको छ।

त्यसैले सन्तु`लित खानपान खानुका साथै समयमै हड्डीको अवस्थाबारे जाँच गराउनुपर्छ। अन्नपूर्ण पोष्ट डटकम बाट साभार।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कपाल झर्न रोक्ने यी हुन ७ घरेलु उपाय
  • कोरोना भाइरसले भेट्यो भेटेन कसरी थाहा पाउने, भेटिहाल्यो भने पहिले के गर्ने ?
  • भनेकै समयमा ग’र्भ बस्नको लागि यो समयमा यौ’न सम्पर्क गर्नुपर्छ : डा. सबिना सिम्खडा
  • महिलाहरुले क’ण्डम कसरी प्रयोग गर्छन ? खुल्यो यस्तो रोचक तथ्य