लभ म्यारिज गर्ने सपना भए पनि प्रेमी पाउन गाह्रो भो


नेपाली साकिराको उपमा समेत पाइसकेकी अहिलेकी चर्चित गायिका तथा मोडल इन्दिरा जोशीलाई सायद नचिन्ने त कमै होलान् । यदि नामबाटै नचिने पनि उनका गीतहरु त सबैले नै भुनभुनाउने गरेका छन् । उनी नै कहिले फिल्मका गीतहरु गाएर तहल्का मच्चाउछिन् त कहिले श्रीलंकन गीत गाएर विश्व तताउँछिन् । ती नै इन्दिरा जोशी आज भोलि भने भन्न थालेकी छन् कथा वस्तु राम्रो भएको फिल्म आएमा खेल्छु ।

उनले फिल्मको कथावस्तु सांगितिक फाँटमा आधारित भएर कसैको जिवनमा मेल खाने यथार्थतामा आधारित खालको कथावस्तु भएको फिल्मको अफर आए र राम्रो व्यानर भएमा त्यस्तो फिल्म आफूले स्वीकार्ने बताएकी हुन् । इतिहासमा आधारित तथा कसैको जीवनमा आधारित मूमिको भूमिका निर्वाह गर्ने पनि आफ्नो इच्छा भएको उनको भनाई छ ।

जिउ डाल चिटि चट्ट परेकी । सौन्दर्यताले पनि साथ पाएकी उनलाई त्यसो त फिल्म खेल्नका लागि नै भनेर अफर नै नआएको भने होइन । तर उनले अहिलेसम्म फिल्म खेल्न भने आनाकानी गर्दै आएकी छन् । गीत संगीतमा मात्रै नभएर सौन्दर्यताका कारणले पनि मोडलिङ फाँटमा समेत छुट्टै पहिचान बनाईसकेकी उनले कुराकानीकै सिलसिलामा यस्ता रहस्यहरुको उदघाटन गरेकी हुन् ।

१२ वर्षअघि नेपाल टेलिभिजनमा ‘को भन्दा को कम’ शीर्षकको गायन प्रतिस्पर्धा हुन्थ्यो । उक्त कार्यक्रममा नवलपरासीबाट भाग लिन आएकी सामान्य काली केटीले प्रथम स्थान हासिल गरेकी थिइन्, जसको खासै चर्चा भने भएन । त्यसको केही वर्षपछि गायनको यस्तै प्रतिस्पर्धा ‘नेपाली तारा’ मा भने तिनै युवती पाँचौं स्थानबाट बाहिरिँदा धेरैले उनीप्रति अन्याय भएको टिप्पणी गरेका थिए ।

अहिले पाँचौं स्थानबाट बाहिरिएकी तिनै युवती इन्दिरा जोशी सर्वाधिक प्रख्यात गायिका भएकी छिन् । इन्दिराको स्वर त राम्रो छ नै, उनको स्टेज परफमेन्स, नृत्य, सौन्दर्य एवं वाकपटुताको पनि उत्तिकै चर्चा हुने गरेको छ । स्टेजमा उत्रिसकेपछि दर्शकलाई सँगै नचाउन सक्ने खुबी भएकी इन्दिरा छोटो समयमै विश्वका २८ देशमा पुगिसकेकी छिन् भने नेपालका करिब करिब सबै जिल्ला घुमेकी छिन् ।

उनलाई गायनमा ग्ल्यामर मिसाउन सक्ने खुबीका कारण धेरैले रुचाएका छन् । से’क्सी फिगरका कारण चर्चामा रहने गायिका हुन् इन्दिरा जोशी । उनको स्वर जती स्टेजमा बिक्छ, त्यो भन्दा बढी सेक्सी फिगर । स्वरसँगै कम्मर मर्काउन सिपालु भएकै कारण इन्दिराको माग देश र विदेशमा पनि बढेको छ । यी अविवाहित सुन्दरी इन्दिरा जोशी प्रेम बिबाह गर्ने बताउँछिन् ।

घरमा उनका ३ जना दिदीको मागी बिबाह भएकाले आफूले प्रेम बिबाह गर्ने सोच उनले बोकेकी छिन् । त्यसो भए के इन्दिराको प्रेमी छन् त, भनिन्-‘यो क्षेत्रमा लागेका मानिसलाई वुझिदिने कुनै पुरुष आएका नै छैनन् । यसैले, प्रेमी पाउँन गाह्रो छ । इन्दिराको जीवनमा कुनै केटा नआएका भने होइनन् । उनका दाईको मिल्ने साथीले उनलाई मन पराउाथे ।

ब्याचलर पढ्ने समयमा इन्दिरा एक पुरुषसँग डेटमा गएकी पनि थिइन् । तर, २ महिनामै प्रेमी विदेश गएपछि प्रेममा ब्रेक लाग्यो । लायक केटाको खोजीमा रहेकी इन्दिराले उनको जीवनमा आउन चाहनेका लागि केही बिशेषताको सूची पनि फर्माएकी छिन् । उनलाई अग्लो केटा मन पर्छ ।

कारण, उनी अग्लो केटासँग हातमा हात वाँधेर हिल जुत्ता लगाएर हिड्न चाहन्छिन् । प्रेम गर्ने मानिसको खोजी गर्ने यी सुन्दरी केटासँग नजिक हुन भने नसक्ने बताउँछिन् । स्कुल पढ्दा उनले कुइनाले हिर्काउने केटा खुबै कुटेकी छिन् । यो क्रम काठमाण्डौ आएपछि पनि नरोकिएको इन्दिरा भन्छिन् । बडिमालिका खबर डटकम बाट।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • आमाको फोटो राखेर भाबुक स्टाटस लेख्दै अस्ताए सुशान्त
  • बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन
  • दुलहीले लगाइन् डिजाइनर मास्क, आइडियाको चौतर्फी वाहवाही
  • छोरीसंग टिकटकमा रमाउँदै पूर्वयुवराज्ञी हिमानी शाह (भिडियोसहित)