अन्तत : कोरोनाबिरुद्ध एन्टिभाइरस नामक औ*षधि रुसले विकास गर्‍यो, संक्रमित ४ दिनमै निको भएको दावी


योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि कोरोना भाइरस बिरुद्धको औ*षधि दिइदैछ । रुसको स्वास्थ्य अधिकारीका अनुसार कोरोना संक्रमितहरुलाई आगामी जुन ११ बाट यो औ*षधि दिइने बताइएकाे छ । रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ) का प्रमुख किरिल दिमित्रेभले रूसका सबै अस्पतालमा रहेका काेराेना संक्रमितहरूलाइ याे औषाधि दिइने बताएकाे समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेकाे छ ।
यो एन्टिभाइरसको रुपमा बिकास गरिएको औ*षधिको नाम एभिफ्याभिर राखिएको छ । कोरोना भाइरस बिरुद्धको औषधि अहिलेसम्म कुनैपनि मुलुकले निर्माण गर्न सकेका छैनन् । कतिपय मुलुकले औ*षधि बिकास गरेकाे दावी गरेपनि प्रयोगका लागि सरकारले अनुमति दिइएको छैन् ।

सम्भवत कोरोना भाइरस बिरुरद्धको औषधि प्रयोग गर्न अनुमति दिने मुलुक रुस नै पहिलो बनेको छ । रुसको यो औ*षधि निर्माता कम्पनीले कोरोना विरुद्धको बनाइएको यो औषधि एक महिनामा ६० हजार संक्रमितलाई पुग्ने गरी उत्पादन गर्ने दावी गरेको छ । अन्य मुलुकले अहिलेसम्म औषधि बनाएकाे दावी भने गर्ने गरेका छन् । तर प्रभावसाली भने भएकाे छैन् ।

जापानमा पनि यो औ*षधिलाई एभिगान नामबाट परीक्षण गर्ने तयारी भइरहेको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले यो औषधिको प्रशंसा गर्दै यसको विकासका लागि १२.८ करोड डलरको बजेट स्वीकृत गरेका गरेका समाचार एजेन्सीहरूले बताएका छन् । तर जापान सरकारले भने कोरोना बिरुद्धको औ*षधिका रुपमा स्वीकृति दिन बाँकी नै रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • स्याङ्जामा २२ सहित गण्डकीमा थप ३७ जनामा कोरोना
  • नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, संख्या १६ पुग्यो
  • आजदेखि लकडाउन खुकुलो भयो : कहिलेदेखि के खुल्छ, के खुल्दैन ?
  • भर्खरैः थपिए २५० जना कोरोना संक्रमित, कूल ४६१४, निको हुने ८६१