भोजपुरी स्टार मोनालिसाको ‘पाला सटाके’ले युट्युबमा रेकर्ड तोड्दै..हेर्नुहोस VIDEO


मुम्बई- भोजपुरी स्टार मोनालिसा र पवन सिंहका भोजपुरी गीतले प्रायः सोसल मिडियामा धूम मच्चाउँछन्। यो जोडी भोजपुरी फिल्म उद्योगको सबैभन्दा हिट जोडीमध्येको एक मानिन्छ। मोनालिसा र पवनको जोडीले भोजपुरी दर्शकलाई धेरै हिट फिल्म दिएका छन्।हालै यो जेडीको एउटा गीतले युट्युबमा लगातार रेकर्ड तोडिरहेको छ। ‘पाला सटाके’ बोलको यो गीत भोजपुरी दर्शकले निकै मन पराएका छन्। यो गीत युट्यबमा सोमबारसम्म एक करोडभन्दा धेरै पटक हेरिएको छ। गीतमा मोनालिसाले जबर्जस्त नृत्य गरेकी छन्। उनको बोल्ड अवतार निकै मन पराइएको छ। मोनालिसाले भिडियोमा रातो साडी लगाएकी छन्। पवनले भने रातो कुर्ता र धोती लगाएका छन्। गीतमा दुवै रोमान्टिक मुडमा देखिएका छन्।

गीतमा पवन सिंहकै स्वर छ। शब्द मनोज मतलबीले लेखेका हुन् भने संगीत छोटे बाबाले भरेका हुन्। यो गीत फिल्म ‘सरकार राज’ को हो।अन्नपुर्ण पोष्टमा खबर छ ।मोनालिसा र पवनले धरै फिल्ममा एकसाथ काम गरेका छन्। उनीहरूका ‘सैंया जी दिलावा मांगेले’, ‘जिद्दी आशिक’, ‘रंग दे प्यार के रंग में’ सहित धेरै फिल्म सफल छन्।

काठमाडौँ । सदावहार नायिका करिश्मा मानन्धर र महानायक राजेश हमालले करिब २ दशकबढी एकसाथ कैयौँ चलचित्रमा काम गरे । चलचित्रमा काम गर्ने समयदेखि नै निर्माता बिनोद मानन्धरसँग विबाह गरिसकेही करिश्माका फ्यानले राजेशसँगै विबाह गरेको भए हुन्थ्यो भन्ने कैयौँ थिए तर विबाहित करिश्मा र अविबाहिर राजेशले लामो समय एकसाथ काम भने गरे । राजेश हमालले लामो समयपछि विबाह गरे । तर पनि राजेश र करिश्माले अहिले पनि साना ठूला प्रोजेक्टहरुमा एकसाथ काम गरिरहेको देखिन्छ । त्यो देख्दा उनीहरुका दर्शकले अहिले पनि त्यस्तै खालका कमेन्ट गर्छन् ।

करिश्माले मंगलबार मात्र आफ्नो इस्टाग्राममा पोष्ट गरेको राजेशसँगको पुरानो तस्विरमा राजु निरौलाको अकाउन्ट होल्डरले भनेका छन् यो जोडीले सगै घरजम गर्नु पर्ने थियो तर करिश्माले धेरै अगाडी बिनोध मानन्धर सँग बिहे गर्नु भएको थियो भनेर कमेन्ट गरेका छन् । त्यस्तै चुनी दिनेशको अकाउन्ट होल्डरले याद आयो भनेर कमेन्ट गरेका छन् । हेर्नुहोस् करिश्माले पोष्ट गरेको राजेशसँगको पुरानो तस्विर

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • आमाको फोटो राखेर भाबुक स्टाटस लेख्दै अस्ताए सुशान्त
  • बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन
  • दुलहीले लगाइन् डिजाइनर मास्क, आइडियाको चौतर्फी वाहवाही
  • छोरीसंग टिकटकमा रमाउँदै पूर्वयुवराज्ञी हिमानी शाह (भिडियोसहित)