अमेरिकाका राष्ट्रपति ट्रम्पले गरे एकाएक यति ठुलो घोषणा !


संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गर्नुभएको छ । उहाँले अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सबै खाले सम्बन्ध तोड्ने घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।विश्वमा फैलिएको कोभिड १९ को विषयलाई लिएर पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठनबीचको सम्बन्ध चिसिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले अमेरिकाको नभएर चीनको मात्र भाषा बोलेको आरोप उहाँले लगाउँदै आउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले उक्त संगठनसँगको सम्बन्ध तोड्ने जानकारी दिँदै कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न विश्व स्वास्थ्य संगठन असफल भएको आरोप पनि लगाउनुभएको छ । राष्ट्रपति ट्रम्पले गत महिनामात्र पनि अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोगको मात्रा पनि बन्द गरिदिने चेतावनी दिनुभएको थियो ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भन्नुभयो– चीनले वर्षेनी विश्व स्वास्थ्य संगठनलाई ४ करोड अमेरिकी डलर बराबरको मात्र आर्थिक सहायता दिँदै आएको छ तर उक्त संगठनमाथि चीनले नै नियन्त्रण जमाएको छ ।

उहाँले अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई वर्षेनी ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गरी आएको जानकरी गराउँदै तर पनि उक्त संगठनले अमेरिकाको आवाज बोल्न नसकेको आरोप लगाउनुभयो ।उक्त संगठनलाई ब्यापक सुधार गर्न अमेरिकाले अनुरोध गरेको भए पनि उ असफल भएको आरोप पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनुभयो । उहाँले भन्नुभयो– त्यसैले पनि हामीले आजबाट विश्व स्वास्थ्य संगठनसँगको सबै खालको नाता तोड्दैछौँ ।

यस घोषणासँगै राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको बराबरको आर्थिक सहयोगको रकम अबदेखि विश्वमा जनस्वास्थ्यका क्षेत्रमा लगाउने पनि जानकारी दिनुभयो ।सयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता राष्ट्र हो । अमेरिकाले प्रत्येक वर्ष उक्त संगठनलाई ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउने गर्छ ।यसअघि देखि नै राष्ट्रपति ट्रम्पले चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा उक्त संगठनलाई दोषी देखाउनुभएको थियो ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनमा विस्तृत रुपमा सुधार गर्ने भनेको तर पति उक्त संगठनले नमानेको आरोप ट्रम्पको छ । यसअघि पनि उहाँले चीनले सुरुमा कोरोना भाइरस पत्ता लाग्नासाथ सही सूचना लुकाएको आरोप लगाउनु भएको थियो ।अमेरिकाले उक्त भाइरसको प्रकोप फैलिएदेखि नै कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन विश्व स्वास्थ्य संगठनले विशेषज्ञहरुको टोली चीन पठाउनुपर्ने माग राख्दै आएको छ । तर त्यस मागप्रति चीन र विश्व स्वास्थ्य संगठन नै सकारात्मक छैनन् ।कोरोना भाइरसबाट विश्वमै सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख भन्दा बढीको ज्यान गएको छ भने १७ लाखभन्दा बढी नागरिक संक्रमित छन् ।

अन्य समाचार, न्यूयोर्क, कार्यस्थलमा कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार नयाँ नियमहरु समेटिएको निर्देशिका सार्वजनिक गरेको छ । प्रस्तावित निर्देशिकामा कार्यालय पुग्नासाथ कर्मचारीहरुले कोविड–१९ का लक्षणहरु भए नभएको परीक्षण गराउनु पर्ने उल्लेख छ ।उनीहरुले कार्यालयमा प्रवेश गर्नुअघि आफ्नो शरीरको तापक्रम जाँच्नु पर्नेछ । दोस्रो, कार्यालयमा कार्यस्थलका डेस्कहरु कम्तीमा ६ फिटको दूरीमा राख्नु पर्नेछ ।यदि ६ फिटको दूरी कायम गर्न नसकिए आ आफ्ना डेस्कहरुको वरिपरि कडा प्लास्टिक ठड्याउनु पर्नेछ ।

तेस्रो, कोरोनाभाइरस संक्रमणबाट बच्न कार्यालयका खुला स्थानहरुमा बस्दा निश्चित दूरी कायम गर्नुपर्नेछ ।पटक पटक छुनुपर्ने सामानहरु जस्तै कफीका भाँडा, पानी चिस्याउने उपकरण, साझा खाजाहरु अलग अलग हुनुपर्ने व्यवस्था गर्न निर्देशिकामा भनिएको छ ।कार्यालयका लिफ्ट चढ्दा आलोपालो गर्ने वा सकभर प्रयोग नगर्नेतर्फ ध्यान दिन सिडिसीले जोड दिएको छ ।अमेरिकाका कतिपय राज्यहरुले महिनौंदेखि जारी कडा लकडाउन हटाउनेतर्फ कार्य गरिरहेकै अवस्थामा सिडिसीले नयाँ नियम सार्वजनिक गरेको हो ।

अन्य समाचार पद्नुहोस ,गरिब–दुःखी नेपालीको भरोसाको केन्द्र वीर अस्पताल फोहर र धुलोमैलोले आफैं बिरामी परेको देखेपछि उनले आफूलाई सम्हाल्नै सकेनन्। सफाई अभियन्ता खेम शर्मालाई सक्रिय सहयोग गर्न थाले। पानीले पखाल्ने ठाउँ त सफा हुन थाल्यो, तर रङ खुइलिएर अँध्यारो ठाउँ जस्ताको त्यस्तै। उनी रङरोगन गर्न पनि कस्सिए।अस्पतालका लागि यसरी ‘डाक्टर’ बनेका उनी आफ्नो स्वास्थ्य समस्याको पनि उपचार गराइरहेका छन्। हामीले वीर अस्पतालमै भेट्दा टन्सिल भएर बोली अप्ठेरो गरी निक्लिरहेको थियो उनको। एसिडिटी बढेपछि डाक्टरले उनलाई एन्टिबायोटिकसहितका औषधि सेवन गर्न सुझाएका रहेछन्। समयमै खाना–खाजा खानसमेत सचेत गराएछन्।

अपराह्न ४ बजे भेट्न वीर अस्पताल पुग्दा उनी खाजा खाइरहेका थिए। भन्दै थिए, ‘अस्पतालकै कामले डाक्टरले भनेकै समयमा खाजासमेत खान भ्याइएन।’ काठमाडौं आएपछि संघर्ष गर्ने क्रममा अभावको जिन्दगी जिउनुप¥यो। ‘कुनै समय खाना खान नपाएर ग्यास्ट्रिक भयो, अहिले खाने समय नपाएर बल्झिदैछ,’ वीरमा व्यस्त भएपछि ग्यास्ट्रिकले झन् गाँजेका कारण उनी त्यहीदिन अल्ट्रासाउन्ड गरेर आएका रहेछन्।पेट रोगका लागि नाम चलेका डाक्टर आइएल आचार्यकहाँ पुगेर उनले यसबाट उन्मुक्ति पाउन उपाय मागे। उनले अल्ट्रासाउन्ड गरी अवस्था बुझे। त्यसपछि केही औषधि सिफारिस गर्दै खानपानमा नियमितता र अनुशासनका लागि जोड गरे। ‘ग्याष्ट्रिकका लागि अल्ट्रासाउन्ड गरेकै यो चौथोपटक हो,’ उनले भने।

डाक्टरको दृष्टिमा उनको ग्यास्ट्राइटिस चिन्ता लिनुपर्ने तहमा पुगेको छैन। तर, उनलाई भने यही अवस्थाले पनि निकै समस्यामा पारिरहेको छ। यो समस्या उनी १२ वर्षदेखि भोगिरहेका छन्। उनले ठट्टा गरे, ‘म त ग्यास्ट्रिक ब्रान्ड एम्बेस्डर नै हो।’औषधि उपचार पनि १२ वर्षदेखि नै गराउँदै आएका छन्। तर, अहिलेसम्म ठीक भएको छैन।ग्यास्ट्रिकका लागि गरिने एलोप्याथिक र आयुर्वेदिक दुवै विधि प्रयोग गरिसकेका छन्। यसका लागि औषधि राख्ने ‘स्टोर’ समेत हुन्थ्यो कुनै समय उनको घरमा। भन्छन्, ‘मैले जीवनमा खानाभन्दा धेरै त औषधि खाएँ होला।’

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कोरोनाबाट कतारमा चार नेपाली कामदारको मृत्यु
  • दु:खद ! खबर कोरोनाले लियो ८ वर्षीय बालिकाको ज्या न
  • गर्भवती हात्तीको विभत्स ह*त्या भएसँगै मानवताको पतन भयो
  • भर्खरै सीमातर्फ भटाभट उड्यो चिनियाँ फाइ’टर विमान, भारत-चीन यु’द्धको कालो बादल मडारियो ! पुरा हेर्नुहोस् भिडियो सहित.