मासिक १० युनिटसम्म खपत गर्ने साना ग्राहकलाई विद्युत् नि:शुल्क, १५० युनिटसम्म २५ प्रतिशत छूट


सरकारले मासिक १० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई नि:शुल्क विद्युत् उपलब्ध गराउने भएको छ ।संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

‘मासिक १० युनिटसम्म विद्युत् खपत गर्ने घरायसी साना विद्युत उपभोक्तालाई नि:शुल्क, १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई १५ प्रतिशत विद्युत् महसूल छूट दिने व्यवस्था गरेको छु,’ अर्थमन्त्री खतिवडाले भने ।

साथै सरकारले उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभर विद्युतको डिमानन्ड शुल्क छूट र कम खपत हुने समयमा ५० प्रतिशत छूट उपलब्ध गराउने घोषणा गरेको छ ।

लकडाउन अवधिमा खानेपानी तथा सिँचाइ उपभोक्ता समितिको विद्युत् शुल्क मिनाहा गर्नुका साथै आगामी दिनमा विद्युत महसूलमा सहुलियत दिने व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • टेलिकमले निःशुल्क सिमकार्ड दिने, कम्तीमा ६० दिन प्रयोग गर्नुपर्ने
  • यो हो संसारको महंगो गाई, जसको मूल्य ३६ करोड, एक छाकमा नौ हजार सात सय लिटर दूध दिने
  • हवाई भाडा ७ देखि १० प्रतिशतले घटयो
  • फेसबुकले ल्यायो फोटो र भिडियोसम्वन्धी नयाँ सुविधा