अन्तरजातीय प्रेमका कारण नवराजको ज्यान गुमेपछी मिस्टर आर्जेले यस्तो भने


काठमाडौ – रुकुम पश्चिमको चौरजहारीको अन्र्तजातीय प्रेमबाट सिर्जना भएको घटनाको विषयलाई लिएर सरकार, सदन र सडक तातेको छ । लकडाउनले ठप्प रहेको नेपालमा अधिकांश मानिसहरुले अन्तजातीय प्रेमका कारण मृत्युवरण गर्नुपरेको समवेदना प्रकट गरिरहेका छन् भने मानव अधिकार र दलित अधिकारको क्षेत्रमा काम गर्ने निकायहरुले पीडितलाई न्याय दिलाउन लागि परेका छन् ।

तर समाजका केहि जाने बुझेका मानिसहरुले भने यस घटनालाई तोडमोड गर्ने र सामाजिक रुपमा उच्छृङ्खल गतिविधिलाई बढावा दिने गरी सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् । रुकुमको घटना जातीय मुद्धाको विषय नभएको भन्दै सामाजिक सञ्जालमा स्पष्टिककरण दिईरहेका छन् । त्यसमा नेपाली संगीतका कलाकारहरु देखि शिक्षक, ईन्जिनिएरहरु समेत छन् ।

त्यस्तै , मिस्टर आरजेको नामले परिचित गायक हुन राजेन्द्र भट्ट । सुदुरपश्चिमका राजेन्द्र भट्टले रुकुमको घटनामा जातीय रंग नदिन आग्रह गर्दै फेसबुकमा एउटा स्टाटस लेखेका छन।सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘एक क्रुर, अमानविय अपराधिक घटना मा जातिय रङ्ग पोतेर राजनीति गरि समाजिक असहिष्णुता नफैल्याउ ।’ अगाडी उनले लेखेका छन् ‘बाहुन र दलित बिच अरु कै विसयमा झगडा भए नि त्यसलाई जात कै कुरामा जोड्ने तपाई हाम्रो नि गल्ति हो ।’

यसरी उनले आफ्नो अभिव्यक्ती फेसबुकमा लेख्दा कतिपयले समर्थन गरेका छन भने कतिपयले उनको अभिव्यक्तलाई विरोध समेत गरेका छन।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • विवाहको लागी केटा नपाएर हैरान भाछुँ
  • लभ म्यारिज गर्ने सपना भए पनि प्रेमी पाउन गाह्रो भो
  • कोरोनासित डर लाग्न छाड्यो
  • ब्वाइफ्रेन्ड बनाउने रहर