साउदीमा लकडाउन खुकुलो बनाइँदै, जून २१ पछिको मुलुकलाई सामान्य अवस्थामा लैजाने


योगेन्द्र योगी | जेठ १४, दोहा | साउदी सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि विगत दुई महिनादेखि लगाइएको कर्फ्यु र लकडाउलाई ईद पर्व सकिएपछि खुकुलो बनाउने तयारी गरेको साउदीस्थित नेपाली दूताबासले जनाएको छ ।दूताबासका अनुसार विभिन्न ३ चरणमा विभाजन गरी लकडाउन खुकुलो बनाउँदै लैजाने सरकारले निणर्य गरेको जनाएको छ ।

साउदी प्रेस एजेन्सीका अनुसार पहिलो चरण मे २८ देखि मे ३०, सम्ममा मक्का बाहेका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि अपरान्ह ३ बजेसम्म खुल्ला गरिएको छ । बाँकी समय भने लकडाउन हुनेछ । यसअघिको लकडाउनमा प्रान्त र क्षेत्रहरुबीचको आवागमन बन्द गरिएको थियो । यस अवधिमा खुद्रा तथा होलसेल पसलहरु तथा मलहरु पुनः संचालनमा आउने साउदीको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

त्यस्तै सामाजिक दुरी कायम गर्नुपर्ने ब्युटिपार्लर, सैलुन, स्पोर्ट क्लब, हेल्थ क्लब, मनोरञ्जनका क्षेत्र, सिनेमा हल भने बन्द रहने छन् ।दोस्रो चरणका रुपमा निर्धारण गरिएको मे ३१ देखि जून २० मा मक्का बाहेका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुला गरिएको छ ।

साथै, कोराना संक्रमण नियन्त्रणसम्बन्धी सबै गाइडलाइनहरुलाई पूर्ण पालना गर्ने गरी मन्त्रालय, सरकारी निकायहरु र निजी क्षेत्रका कम्पनीहरुमा कर्मचारीको उपस्थितिलाई पनि अनुमति दिइएको छ ।

सूचना अनुसार क्षेत्र र प्रान्तबीच चल्ने सार्वजनिक यातायातका साधनहरु भने संचालनमा आउने छैनन् । तर अन्तराष्ट्रिय उडानहरू भने अर्को सूचना नभए सम्मका लागि स्थगित नै रहने बुझिएको छ ।

यसैगरी यस अवधिमा रेष्टुरेण्ट र फुड तथा बेभरेज क्याफेहरु खुल्ने भएका छन् । दोस्रो चरणमा पनि सामाजिक दुरी कायम गर्नुपर्ने ब्युटिपार्लर, सैलुन, स्पोर्ट क्लब, हेल्थ क्लब, मनोरञ्जनका क्षेत्र, सिनेमा हललाई खोल्ने अनुमति दिइने छैन ।

तेस्रो र अन्तिम चरणका रुपमा विभाजन गरिएको जून २१ पछिको अवधिमा सरकारले आर्थिक गतिविधिका सबै क्षेत्रहरु खुल्ला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा मुलुकलाई लैजाने योजना बनाएको साउदी प्रेसले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कोरोनाबाट कतारमा चार नेपाली कामदारको मृत्यु
  • दु:खद ! खबर कोरोनाले लियो ८ वर्षीय बालिकाको ज्या न
  • गर्भवती हात्तीको विभत्स ह*त्या भएसँगै मानवताको पतन भयो
  • अमेरिकाका राष्ट्रपति ट्रम्पले गरे एकाएक यति ठुलो घोषणा !