क्वारेन्टाइनमै वडा अध्यक्षको मृ’त्यु, कोरोना परीक्षण हुने


धनगढी : कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृ’त्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गयराति मृ’त्यु भएको हो।

वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बे’होस भएका थिए। उनको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय रैकवारविचवाका प्रहरी सहायक निरीक्षक भीमसिंह धामीले मृ’त्युको कारण खुल्न नसकेको बताए। उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ।

अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले सुरुमा श’वको पो’ष्टमार्टम गरिने र त्यसपछि परीक्षणका लागि स्वाब संकलन गरिने जानकारी दिए। दिनेश खवर

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कैलाली : क्वरेण्टीनमा बसेकी महिलाको बलात्कार आरोपमा स्वास्थ्यकर्मीसहित ३ पक्राउ
  • पर्वतको दुलुङ्गमा गएको पहिरोले एकै घरका ६ सहित ९ जनाको ज्यान लियो
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द
  • स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते