सगरमाथाको उचाइ नाप्दै शिखरमा पुग्यो चिनियाँ टोली


काठमाडौं, जेठ १४ सगरमाथाको उचाइ नाप्दै चिनियाँ टोली आज (बुधबार) शिखरमा पुगेको छ। चाइना ग्लोबल टेलिभिजन नेटवर्कले दिएको समाचारअनुसार सगरमाथाको उचाइ नापको अन्तिम चरण गत अप्रिल ३० मा सुरु गरेको ८ सदस्यीय चिनियाँ टोली टुप्पोमा पुगेको हो। उचाइ मापन टोलीमा प्राकृतिक संशाधन मन्त्रालय र राष्ट्रिय पर्वतारोहण टोलीका सदस्य छन्।

यसअघि चीनले सन् १९७५ र २००५ मा सगरमाथाको उचाइ नापेको थियो। त्यस क्रममा सगरमाथाको उचाइ क्रमशः ८ हजार ८ सय ४८ मिटर र ८ हजार ८ सय ४४.४३ मिटर देखिएको थियो। यसपटक सगरमाथाकाे वास्तविक उचाइ पत्ता लगाउने टाेलीले जनाएकाे छ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द
  • आन्तरिक उडान खुला गर्ने सरकारको तयारी
  • आजबाट नेपालको नयाँ नक्सा, मन्त्रिपरिषद्ले पास गर्‍यो लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा
  • वाह ! नेपालमै यस्तो परिवार, बाबु-छोरा पाइलट आमा एयरहोस्टेज