संविधान संशोधन प्रस्ताव संसदमा पेश हुँदै


काठमाडौं। सरकारले गत शुक्रबार संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयक आज (बुधबार) संसदमा पेश गर्दैछ। भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारले गत बुधबार नयाँ नक्सा जारी गरेपछि सरकारले संविधान संशोधन प्रस्ताव शुक्राबर संसद सचिवालयमा दर्ता गराएको थियो।

संसद सचिवालयमा दर्ता गराएको विधेयक परिपक्व भएपछि आज संसदमा पेश गर्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाम्फले जानकारी दिइन्।

सरकारले नयाँ नक्सा जारी गरेपछि निसान छाप भित्र रहेको नेपालको नक्सा परिवर्तन गर्न संधिवान संशोधन प्रस्ताव दर्ता गरेको थियो। ‘निसान छापभित्रको नेपालको नक्सा मात्र परिवर्तन हुनेगरी संविधान संशोधन प्रस्ताव आज संसदमा पेश हुन्छ,’ मन्त्री तुम्वाहाम्फेले डिसी नेपालसँग भनिन्, ‘अहिले निसान छापभित्रको नक्सा मात्र संशोधन हुने हो।’

सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावप्रति प्रमुख प्रतिपक्षसहितका दलले समर्थन जनाएका छन्। यद्यपी मधेस केन्द्रित दलले भने यही बेला आफूहरुको माग सम्वोधन हुने गरी संविधान संशोधन हुनुपर्ने बताएका छन्। तर अहिले निसान छापभित्रको नक्सा मात्र परिवर्तन गर्ने गरी संशोधन प्रस्ताव दर्ता भएको छ।

बुधबार संशोधन प्रस्ताव संसदमा पेश भएपछि नियम निलम्बन गरेर प्रक्रिया अगाडि बढाउने विषयमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ। संसदमा प्रस्ताव पेश भएपछि त्यसमाथि संशोधन प्रस्ताव दर्ता गर्न भन्दै ७२ घण्टाको समय दिने प्रचलन हुन्छ। तर सरकारले नियम निलम्ब गर्दै चाँडै संविधान संशोधन प्रस्ताव अगाडि बढाउने विषयमा पनि छलफल सुरु गरेको बताइएको छ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित २०५ पुगे
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द
  • यति खुसिको खबर नेपालले बनाए कोरोना खोप ( शक्दो शेयर गरौ )
  • भर्खरैः भारतबाट फर्किएका नेपाली बोकेको बस दु’र्घटना, ११ जनाको मृ’त्यु