०७७ जेठ ०६ गते मंगलबार ई. स. २०२० मे १९ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य यस्तो छ!


आजको पञ्चाङ्ग

वि.सं.२०७७ जेठ -६,मंगलवार, ई.सं.२०२० मे -१९ , शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलागा, प्रमादी, उत्तरायण, ग्रीष्म, ज्येष्ठ कृष्णपक्ष तिथि-द्वादशी , १८:०१ बजे उप्रान्त त्रयोदशी, नक्षत्र-रेवती , २०:४० बजे उप्रान्त अश्विनी,योग-प्रीति , ०५:४० बजे उप्रान्त आयुष्मान्, करण-तैतिल १८:०१ बजेदेखि गर , ४३:५८ बजे उप्रान्त भद्रा, चन्द्रराशि-मीन, आनन्दादि योग-शुभ,सूर्योदय-५:१५, सूर्यास्त-१८:४७, दिनमान-३३ घडी ५१ पला । पञ्चक २०:४० बजे समाप्ति।सर्वार्थसिद्धि योग २०:४० बजेपछि।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

समयको सहि सदुपयोग नगर्नाले दुख पाईनेछ भने तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ । वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिनेछ। पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत कृषिमा लगानी गर्न सकिनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

विवादित विषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

धर्म कर्ममा मन जाने तथा मनमा धार्मिक प्रवृति जागृत हुनेछ । अध्ययनमा मन जानेछ । तरपनि कामगर्दा ध्यान दिनुहोला काम बिग्रने तथा त्यसको फाईदा अरुलेनै लिन सक्छन् । दौडधुपमा समय ब्यातित भएपनि उपलब्धि भने न्यून हुनेछ । समय तथा कामको तालमेल नमिल्दा काम आर्थिक रुपमा कमजोर भएको अनुभुति हुनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउने तथा लगानि फस्ने सम्भावना रहेकोछ। पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ। माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदिबहिनी सँग मनमुटाबको सिर्जना हुनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –

रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

मामा तथा मावली पक्षबाट तपाईको काममा भरपुर सहयोग पाईने योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ । तपाईको कुभलो साध्ने तथा सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । पढाइ लेखाइमा मन जानेछ । तरपनि काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । छाति सम्बन्धि समयस्या पिरोल्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय तथा ध्यान दिन सके सफलता हात लाग्नेछ । कृषि तथा सहकारि व्यावसायलाई भने समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभे लिन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमा नै फत्ते हुनेछन् । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । कुटुम्ब तथा आफन्तहरुबिच घरायसि कुरामा राय बाजिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मनमुटाब बढ्नेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । अध्ययनमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • भनिन्छ २२३ वर्ष अघि यी देवीको आराधना गर्दा काठमाडौंमा महामारीको अ’न्त्य भएको थियो पूरा हेर्नुहोस
  • के तपाईले सपनामा सर्प देख्नुभयो ? तपाईमा अब यी चकित हुने ६ कुराको लक्षण हो
  • ज्योतिष शास्त्र: यी बार यस्ता काम गरे मिल्नेछ सफलता !..पुरा पढ्नुहोस
  • यी ५ चिज सिरानी मुनी राख्नुहोस् धन लाभ हुनेछ