गुल्मीका कोरोना संक्रमित प्रधानाध्यापकको अवस्था ग’म्भिर, भेन्टिलेटरमा राखेर उपचार हुँदै


बुटवल, ५ जेठ । गुल्मीका कोरोना भाइरस ९कोभिड९१९० पुष्टि भएका एक जनाको स्वास्थ्य अवस्था ग’म्भिर भएको बताइएको छ । जण्डिस र निमोनिया भनेर अस्पताल भर्ना गरिएका विरामीमा कोरोना पुष्टि भएको हो । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना गरिएका उनको स्वास्थ्य अवस्था ग म्भिर भएका कारण भेन्टिलेटरमा उपचार गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार कोरोना पुष्टि गरेको गुल्मीका एक पुरुषको स्वास्थ्य अवस्था ग म्भिर भएको हो । उनलाई ग म्भिर अवस्थामै अस्पताल भर्ना गरिएको थियो । उनी मदाने गाउँपालिका– ६ पुर्कोट दहका स्थानिय भएको बताइएको छ । जुठ १ गते उनलाई ग म्भिर अवस्थामा नै अस्पताल ल्याइएको थियो । उनलाई निमोनिया भएको हुनसक्ने भन्दै चिकित्सकले आइसियुमा राखेर उपचार थालेका थिए ।

स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटर ९कृतिम श्वासप्रश्वास० मा राखेर उपचार भइरहेको बताइएको छ । स्वास्थ्य अवस्था ग म्भिर हुँदै गएपछि उनको कोरोना परिक्षण गरिएको थियो । पिसिआर परिक्षणमा उनलाई कोरोना भएको पुष्टि भएको हो ।

शिक्षक पेशामा आवद्ध उनको ट्राभल हिस्टी नभएको बताइएको छ । उनी विद्यालयका प्रधानाध्यापक रहेको पाइएको छ। उनी केहीदिन पहिले देखिनै बिरामी थिए। ज्वरो आएपछि घरमै रहेका उनले स्थानीय क्लिनिकबाट ज्वरोको औ ष धि सेवन गरिरहेका थिए। तर केहीदिन औ ष धि खाँदा पनि सन्चो नभएपछि टाइफाइड भएको भन्दै उनलाई सन्धिखर्क पठाइएको थिए। उनी ३१ गते आफन्तसँग मोटरसाइकलमा अर्घाखाँचीको सन्धीखर्क गएका थिए।

त्यहाँको अस्पतालले उनलाई ३१ गते राति नै एम्बुलेन्समा बुटवल रेफर गरेको थियो। अहिले प्रधानाध्यापकको घर सील गर्ने तयारी भइरहेको मदाने गाउँपालिकाले जनाएको छ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • नेपालमा राज्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना
  • Breaking: नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको निधन , ज्यान गुमाउनेको संख्या १० पुग्यो
  • अन्तत : कोरोनाबिरुद्ध एन्टिभाइरस नामक औ*षधि रुसले विकास गर्‍यो, संक्रमित ४ दिनमै निको भएको दावी
  • कोरोना भाइरसको भ्यक्सिन अब सबैभन्दा पहिले विश्वलाई चीनले वितरण गर्ने..पुरा पढ्नुहोस