अमेरिकामा कोभिड-१९ को खोप वितरण गर्न सेना परिचालन गरिँदै


वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको खोप उपलब्ध भएपछि वितरण गर्न सेनालाई परिचालन गरिने बताएका छन् ।

२०२० को अन्त्यमा खोप वितरण गर्न सक्षम हुने भन्दै उनले यसका लागि सेनालाई तयार पारेका हुन् । ‘तपाईँलाई थाहा छ, यो खोप दिने काम ठूलो हो, हाम्रो सेना यसका लागि परिचालन हुन्छ । वर्षको अन्त्यमा हामी धेरै भन्दा धेरै जनताहरुलाई तिव्र रुपमा यो वितरण गर्नेछौँ,’ फक्स न्युजका लागि अन्तर्वार्तामा ट्रम्पले भने ।

२०२० को अन्त्यसम्ममा खोप तयार भइसक्ने ट्रम्पको विश्वास छ । र यसको वितरण अमेरिकाले गर्ने उनको भनाइ छ । ह्वाइट हाउसले ३०० मिलियन खोप पहिलो चरणमा तयार गर्ने लक्ष्य बनाएको पनि बताइएको छ ।

(यो खबर Source : AnnapurnaPost बाट साभार गरिएको हो ।)

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • लकडाउन खुल्ने तयारी, सबै नेपाली जनताहरु खुशी हुदैछन ! नयाँ मोडेल तयार गरिएको छ ! पुरा हेर्नुहोस् भिडियो सहित..
  • जेठ २० गतेबाट लकडाउनलाई जेठभर थप्ने संकेत ,तर मोडालिटीमा चाहिँ यसपटक यस्तो गरिने छ !
  • १३ बर्षे बालिकालाई ब’लात्का’रीको श्रीमती बनाएर समाजले पठायो, अर्को दिन भेटियो ला’स
  • नक्सा विवादबाट नेपाल पछि हटेको भारतीय मिडियाको दाबी