जेठ ५ गते राती १२ बजेसम्म पाल्पा सिल गर्ने निर्णय


पाल्पा– जिल्ला कोरोना संकट व्यवस्थापन समिति (DCCMC) को बैठकले पाल्पा जिल्लालाई जेठ ३ गते शनिवार विहान ५ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्म जिल्ला सिल गर्ने निर्णय गरेको छ ।छिमेकी जिल्लाहरुमा समेत कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पाल्पामा संक्रमण रोकथामको लागि जिल्ला नै सिल गर्ने निर्णय भएको हो । बैठकले औषधी एम्बुलेन्स शबबहान लगायतका अत्यावश्यकीय वस्तुको गाडी बाहेक कुनै पनि सवारी साधन संचालन नगर्ने र उद्योग व्यवसाय समेत संचालन नगर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले यस अघि सबै ई पास खारेज गर्दै एक जिल्लाबाट अर्को जिल्लामा समेत जान रोक लगाएको थियो । यस्तै शुक्रवारबाट एक जिल्लामा समेत आवात जावत गर्न नमिल्ने गरेर जारी गरिएका पास समेत रद्ध गर्ने निर्णय भएको थियो ।छिमेकी जिल्ला गुल्मीले भने यस अघि नै जिल्ला सिल गर्ने निर्णय गरेको थियो । पाल्पा कोरोना संक्रमित रहेको रुपन्देही, नवलपरासी र कपिलवस्तुको सीमामा भएकाले त्यहाँबाट हिँडेर समेत जिल्ला आउन सक्ने भएकाले जिल्ला नै सिल गरेर उच्च सर्तकता अपनाइएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु