‘पीके’ अभिनेता साईकाे ४२ वर्षकाे उमेरमा नि’धन


काठमाडौं। ‘पीके’ र ‘रक अन’ जस्ता हिन्दी फिल्ममा अभिनय गरेका अभिनेता साई गुंडेवरकाे गएकाे आइतबार अमेरिकामा नि’धन भएकाे छ ।

सन् १९७८ फेब्रुअरी २२ मा जन्मिएका साई गएकाे एक वर्षदेखि ब्रेन क्यान्सरसँग लडिरहेका थिए । साईकाे निधनप्रति उनका साथी फिल्म उद्याेगका कलाकारहरुले समाजिक सञ्जालमा शाेक व्यक्त गरिरहेका छन् ।

महाराष्ट्रका गृह मन्त्री अनिल देशमुखले पनि अभिनेता साईप्रति श्रद्धाञ्जली दिएका छन् ।

महाराष्ट्र काे नागपुरमा जन्मिएका अभिनेता तथा माेडल साईले हलिवुडकाे कैयाैँ लाेकप्रिय टीभी सिरिज– द ‌ओरभिल स्वाट कैग्नी एण्ड लैसी द मार्स र कन्सपिरेसिज मा काम गरेका छन् । अमेरिकामा ग्रीन कार्ड नपाएपछि उनी सन् २००७ मा भारत फर्किएका थिए । एमटीभीकाे रियालिटी शाे एमटीभी स्प्लिट्सभिला मा चाैथाै सिजनमा एक प्रतियाेगीकाे रुपमा देखिएपछि साई भारतमा लाेकप्रिय भएका थिए ।

हिन्दी सिनेमाले केही दिनअघि मात्र दुई महान् अभिनेता ऋषि कपूर र इरफान खानलाई पनि गुमाएकाे थियाे ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • लभ म्यारिज गर्ने सपना भए पनि प्रेमी पाउन गाह्रो भो
  • फेरी बाहिरीयो परी तामाङको अर्काे भिडियो, जसमा तोकिन् उनले आफ्नो यौव**नको मुल्य, नेपाली र विदेशीलाई फरक रेट (भिडियो हेर्नुस)
  • परि तामाङको आयो फेरि अर्को से’क्सी रो’मान्स भिडियो (एक्लै भएको बेला हेर्नू होला यो भिडियो )
  • सामाजिक सन्जालमा भाईरल यि युबतिको चतिर्कला हेर्नुहोस् भिडीयो सहित