
काठमाडौं । नेपाली फिल्म ‘पासवर्ड’ युट्युबमा रिलिज गरिएको छ ।
बलिउड अभिनेत्री सनी लियोनीको आइटम डान्स रहेकाले चर्चामा आएको यो फिल्ममा अनुप विक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायत कलाकारको अभिनय रहेको छ ।
अमित बस्नेत र हिरल जोशीको लगानी रहेको यो फिल्ममा सीमा गुरुङको कथा छ भने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।