म पनि प्रधानमन्त्री बनेर टोपलिएको मान्छे हुँ, मलाई कसले सम्झन्छ र ? : बाबुराम भट्टराई


काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले लोकतान्त्रीक व्यवस्था खतम हुँदा हामी सबै खतमहुने बताएका छन् । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले आरोप प्रत्यारोप भन्दा आत्माआलोचना गरेर अगाडी बढ्नुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘यो व्यवस्था फेल हुँदा हामी सबै फेल हुन्छौं, हाम्रो जीवनभरीको त्याग र बलिदान खेर जान्छ । त्यसैले आरोप प्रत्यारोप भन्दा पनि आत्मसमिक्षा गरौं। म सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु । यदी साच्चिकै तपाईले आत्मसमिक्षा गर्नु भएको हो भने राजीनामा दिनुहोस्।’

‘गद्दिमा नबस्नेको पनि युगौं युगसम्म सम्मान हुने भएकाले गद्दी नै ठुलो कुरा हैन।’ भट्टराईले भने, ‘म पनि प्रधानमन्त्री भई टोपलिएको मान्छे हो। खै मलाई त कसैले सम्झदैनन् त? नेपालमा बिपी कोइराला लगाएतका एक आद प्रधानमन्त्री छन जसलाई जनताले सम्झेका छन्। तर, नेपालका गौतमबुद्ध, भारतका महात्मा गान्धीले कहिलै गद्दीको प्रयोग गरेनन् त पनि आज विश्वले उनीहरुलाई सम्झेकै छ। त्यसैले प्रधानमन्त्री ज्यू तपाईले गर्नु भएका राजनीति कुकर्मको साच्चिकै आत्म समिक्षा गर्नु भएको हो भने राजीनामा दिनुहोस् अर्को विकल्प छैन।’

‘आश र त्रास देखाएर संस्थाहरुलाई प्रभावमा पार्नु मात्र ठुलो कुरो हैन।’ उनले भने, ‘सांसद अपहरणदेखि पार्टी फुटाउन समेतका राजनीतिक नैतिकता बाहिरका काम गर्दा तपाईमाथि पनि अन्याए भएकाले तपाईको राजीनामा नै तपाईको उचाई र लोकतन्त्र कायम राख्ने एकमात्र विकल्प हो।’

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • आधा सांसद घटाऔं, बचेको पैसाले सिमानामा पर्खाल लगाऔं, समत हुनेले सेयर गर्नुहोस ।
  • भारतलाई नसोधि नेपालको नयाँ नक्सा जारी गर्नुहुदैन भन्ने नेपालकै यी सांसद को हुन् ?
  • २०७७ साल ज्येष्ठ महिनाको मासिक राशिफल, यि राशिहरूकाे चम्किनेछ भाग्य
  • उपेन्द्र यादव र महन्थ ठाकुरले प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ: महम्मद इस्तियाक राई उपेन्द्र यादव र महन्थ ठाकुरले प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ: महम्मद इस्तियाक राई