यसकारण वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारको आह्वान


काठमाडौं । सरकारले वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ ।मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका अनुसार उक्त दिन बुद्ध जयन्ती परेको र लकडाउनका कारण बुद्ध जयन्ती मनाउन नसकिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ घरघरमा दीपावली गर्न आग्रह गरेका हुन्।’

यसअघि प्रधानमन्त्री ओलीले देशवासीलाई वैशाख १ गते बिहान राष्ट्रिय गान गाउन आग्रह गरेका थिए। २५ गते वुद्धजयन्ती पनि परेको छ । त्यस दिन लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन पनि आयोजना गरेको थियो । तर कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ ।वुद्ध जयन्तीको दिन परेकाले वुद्ध जयन्ती मनाउन र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलनको आह्वान गरिएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित २०५ पुगे
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द
  • यति खुसिको खबर नेपालले बनाए कोरोना खोप ( शक्दो शेयर गरौ )
  • भर्खरैः भारतबाट फर्किएका नेपाली बोकेको बस दु’र्घटना, ११ जनाको मृ’त्यु