उपेन्द्र यादव र महन्थ ठाकुरले प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ: महम्मद इस्तियाक राई


समाजवादी पार्टीका नेता महम्मद इस्तियाक राईले उपेन्द्र यादव र महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुपर्ने बताएका छन्।

बिहीबार दिउँसो सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै नेता राईले प्रधानमन्त्रीले अध्यादेश ल्याइदिएकै कारण दुई पार्टी एकता हुन सम्भव भएको बताए।

‘अहिले एकता नभई यो एउटा सम्झौता हो। एकताले वैधानिकता पाउन त अझै बाँकी छ,’ उनले भने,’प्रधानमन्त्रीले अध्यादेश ल्याएकै कारण दुई ध्रुवका पार्टी मिल्ने ठाउँमा पुगेका छन्। त्यही भएर प्रधानमन्त्रीलाई विशेष धन्यवाद दिनुपर्छ अनि हामीलाई पनि आभार दिनुपर्छ। किनकी यति हल्ला नआएको भए यति सजिलै एकता हुन सक्ने थिएन।’

पार्टीभित्र थुप्रै असहमति रहेको भए पनि विभाजन हुने गरी भने नभएको उनले दाबी गरे।

‘एउटा प्रजातान्त्रिक पार्टीमा फरक विचार र धारणा आउनु स्वभाविक हो। यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने महत्वपूर्ण कुरा हो,’ उनले भने,’केही साथीहरूले छोडेरै जाने तयारीसम्म गरेका थिए। तर हामी पदाधिकारीहरूले विभाजन हुन दिने थिएनौं।’

माओवादी आन्दोलन, मधेश आन्दोलन अनि विभिन्न वर्ग र धारका नेताहरू पार्टीमा रहेकाले शोषित र उत्पीडितको पक्षमा लड्ने अवसरसमेत भएको उनले बताए।

नेताहरूका अनेक दाउ र चाल भएकाले यसलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण काम रहेको समेत उनको भनाइ छ।

पार्टी एकतामा कुनै विमति नरहेकाले केन्द्रीय समितिले सर्वसम्मतिले पारित गर्ने भन्दै उनले पार्टी पद्धति र फरक मतको व्यवस्थापनमा विमति रहेको बताए। समाजवादी पार्टीकी नेतृ रेणु यादवले पार्टीभित्र विवाद र असन्तुष्टि रहे पनि विभाजनको दिशामा भने नपुगेको दाबी गरिन्।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • आधा सांसद घटाऔं, बचेको पैसाले सिमानामा पर्खाल लगाऔं, समत हुनेले सेयर गर्नुहोस ।
  • भारतलाई नसोधि नेपालको नयाँ नक्सा जारी गर्नुहुदैन भन्ने नेपालकै यी सांसद को हुन् ?
  • २०७७ साल ज्येष्ठ महिनाको मासिक राशिफल, यि राशिहरूकाे चम्किनेछ भाग्य
  • म पनि प्रधानमन्त्री बनेर टोपलिएको मान्छे हुँ, मलाई कसले सम्झन्छ र ? : बाबुराम भट्टराई