धेरै समय फोनमा बोल्दा यति धेरै खतरा हेर्नुहोस


तपाईं घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ । अब बेलैमा सचेत हुनुस्, श्रवणशक्ति गुम्ला । यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै कान नसुन्ने कान बज्ने तथा कम सुन्नेलगायत समस्या पाइएको छ। उपचार गर्न अस्पताल पुगेका कानका बिरामीमा यस्तो समस्या देखिएको सम्बन्धित चिकित्सक बताउँछन्।

मोबाइलमा घन्टौं कुरा गर्ने एयरफोनमा गीत सुन्ने र चर्को ध्वनिछेउ रहनेमा श्रवणशक्ति कमजोरी हुन्छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज इएनटी नाक कान, घाँटी विभागका कानरोग विशेषज्ञ डा रवीन्द्रनाथ प्रधानांगका अनुसार कानको समस्या लिएर आउने धेरैमा सुन्ने क्षमता कम भएको पाइएको छ।सुरुमा कान बज्यो भनेर आएका हुन्छन् ।

डा प्रधानांगका अनुसार घन्टौं मोबाइलमा कुरा गर्ने एयरफोनको बढी प्रयोग गर्ने चर्को फ्रिक्वेन्सीमा संगीत सुन्ने युवामा यस्तो समस्या पाइएको छ। यस्तो समस्या टेलिफोनमा काम गर्ने फोन बढी प्रयोग गर्ने चर्को आवाज आउने कारखानामा काम गर्ने, तोप, पड्काउने फायरिङ गर्ने सैनिकलगायतमा बढी देखिएको छ।

कान कम सुन्न थालेपछि टेलिफोनमा काम गर्ने चार कर्मचारीले जागिरै छाडेको समेत डा प्रधानांग सुनाउँछन्। कान नसुन्ने र कम सुन्ने समस्या लिएर अस्पताल पुग्नेमा २० देखि ५० वर्ष उमेरसम्मका बढी छन्। अस्पताल इएनटी विभागको तथ्यांकअनुसार २०७२ मा परीक्षण गराएका ६ सय ९० जनामा कम सुन्ने समस्या देखियो। तीमध्ये एक सय ५० युवा छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका एक अर्ब दुई करोड युवा ध्वनि प्रदूषणको जोखिममा छन्। चिकित्सकका अनुसार कुनै पनि व्यक्ति लामो समयसम्म ध्वनि प्रदूषणमा बसे कानको सुन्ने अंगको कोष नष्ट हुने र रासायनिक प्रतिक्रिया भई पछि बहिरोसमेत हुने खतरा हुन्छ। फोनमा धेरै समय बोल्दा श्रवण शक्ति गुम्ने खतरा

चिकित्सकका अनुसार कानको समस्याबाट बच्न फोन र एयरफोनको प्रयोग बढी नगर्ने प्रयोग गर्दा ह्यान्डस् फ्रि गर्ने, एसएमस प्रयोग बढी गर्ने चर्को आवाज आउने कारखानामा लगातार धेरै समय काम नगर्ने, बेलाबेलामा परीक्षण गराउनुपर्छ। चिकित्सकका अनुसार ८० डेसिमलभन्दा माथिको ध्वनिले कानमा असर पार्छ। सामान्य बोलीचालीको ध्वनि औसत ४० डेसिमलको हुन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • मासिक १० युनिटसम्म खपत गर्ने साना ग्राहकलाई विद्युत् नि:शुल्क, १५० युनिटसम्म २५ प्रतिशत छूट
  • लकडाउनभरि इन्टरनेटको शुल्क तिर्न नसके इन्टरनेटको लाइन नकाट्न प्राधिकरणको निर्देशन
  • यी हुन् तपाईले कसैलाई फोन गर्दा कोरोना बाट बच्न सिकाउने महिला
  • आपत्‌मा सघाउँदै आविष्कार केन्द्र..,एक शेयर महावीर को लागि,