जनकपुरकाे सडकमा नेपाली नोट छरेर भागे दुई महिला, कोरोना फैलाउन त्यसो गरिएको आशंकामा अनुसन्धान तीव्र


धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका-६ को महावीर चोककाे सडकमा शुक्रबार दुई महिलाले नेपाली रुपैयाँका नोट छरेर भागेपछि प्रहरी आश्चर्यचकित भएको छ।

ती नोटमा कोरोना भाइरस रहेको आशंकामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार दिउँसो १२ः३० बजे ती महिलाले फालेका नेपाली नोट प्रहरीले बरामद गरेको छ। बरामद नोट काेराेना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको उनले बताए।

प्रहरीले नेपाली रूपैयाँका नाेट छर्ने महिलाको तीव्र खोजी भइरहेको जनाएकाे छ। सिसीटिभीकाे फुटेजमा ती महिला अन्दाजी ४०-४५ वर्षका देखिएका छन्।

नाेट छरिएको क्षेत्रलाई स्यानिटाइजर छर्केर सुरक्षित पारिएकाे र कुनै किसिमको गलत समाचारप्रति नलाग्न जनमानसमा प्रहरीले आग्रह गरेको छ। रासस

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित २०५ पुगे
  • कैलाली : क्वरेण्टीनमा बसेकी महिलाको बलात्कार आरोपमा स्वास्थ्यकर्मीसहित ३ पक्राउ
  • पर्वतको दुलुङ्गमा गएको पहिरोले एकै घरका ६ सहित ९ जनाको ज्यान लियो
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द