प्रधानमन्त्रीको निर्देशन : हिँडेर गाउँ जान नदिनू, खान नपाए खाद्यान्न पुर्‍याउनू


काठमाडौँ — सरकारले कसैलाई पनि लामो दूरीमा हिँडेर जान नदिने भएको छ । तर प्रधानमन्त्रीले यसमा उदारता देखाउन नहुने बताए । ‘आवतजावत बन्द भनेपछि एक ठाउँबाट अर्को ठाउँमा जानेहरुलाई रोक्नुपर्छ । यदि खान नपाएरै जान लागेका हुन् भने जहाँ बसेका छन्, त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था गर्नू ।’

मन्त्री तथा उच्चस्तरीय समितिका सदस्यसहित सुरक्षा अंगका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सरकारको निर्णय नमान्ने जोकसैलाई कारवाहीको दायरामा ल्याउन समेत भनेका छन् ।

प्रधानमन्त्री ओलीले परीक्षणलाई गति दिन पनि निर्देशन दिएको एक मन्त्रीले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म पीसीआर विधिबाट ७ हजार ६८८ र र्‍यापिड डायग्नोस्टिक विधिबाट १६ हजार ५६५ परीक्षण भएको छ ।

लकडाउनको बेला मानिसहरू हिँडेरै आफ्नो गृह जिल्ला गइरहेका बेला प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समन्वय समितिका सदस्य बोलाएर छलफल गरेका थिए।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • स्याङ्जा र नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि
  • आधा सांसद घटाऔं, बचेको पैसाले सिमानामा पर्खाल लगाऔं, समत हुनेले सेयर गर्नुहोस ।
  • भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघ्यो
  • क्वारेन्टाइनमै वडा अध्यक्षको मृ’त्यु, कोरोना परीक्षण हुने