यी हुन् तपाईले कसैलाई फोन गर्दा कोरोना बाट बच्न सिकाउने महिला


नेपाल टेलिकमले कोरोना भा’इरसको सं’क्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ । कुनै पनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा स’म्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्ने सहितको सन्देश दिन थालिएको हो । पटक पटक सावुनपानीले हात धुन, व्यक्तिहरुसँग सामाजिक दूरी कायम गर्न सन्देशमा भनिएको छ ।

टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारी सहितको रिंगब्याक टोन राखेको हो । फोन नउठ्दासम्म यस्तो सन्देश सहितको सचेतना ब्याक टोन बज्छ । सन्देशमा नेपाल टेलिभिजनमा कार्यरत पत्रकार अनिता बिन्दुले टेलिकमको सचेतना मूलक सन्देशमा आवाज दिएकी छिन् ।

प्रत्येक पटक फोन गर्दा कोरोनाबाट बच्ने उपाय सम्झाउने अभियानमा जोडिन पाउँदा उनले खुसी प्रकट गरिन् । टेलिकमको यो अभियान अहिले निकै प्रभावकारी मानिएको छ । यद्यपी टेलिकमको यो सन्देशमा स्वास्थ्य मन्त्रालयले थप अद्यावधिक गर्नुपर्ने देखिएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् । सिम्पल अनलाईन बाट ।

यो पनि पढ्नुहोस सरकारले नेपाल कोरोना सं’क्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ । त्यसैले लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन सरकारले सबैलाई पुनः आग्रह गरेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी

कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना सं’क्रमण भएको जानकारी दिँदै नेपालमा कुल सं’क्रमितको संख्या ९ पुगेको जानकारी दिएको छ । उनीहरुलाई आ आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनै जनामा संक्रमण देखिएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

यसअघि नेपालमा विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना देखिएको थियो । तर, कैलालीमा भने बाहिरबाट आएका व्यक्तिबाट घरमै रहेको अर्को व्यक्तिलाई सरेको पाइएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको यो घ’टना नेपालकै पहिलो हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • टेलिकमले निःशुल्क सिमकार्ड दिने, कम्तीमा ६० दिन प्रयोग गर्नुपर्ने
  • स्याङ्जामा २२ सहित गण्डकीमा थप ३७ जनामा कोरोना
  • नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, संख्या १६ पुग्यो
  • आजदेखि लकडाउन खुकुलो भयो : कहिलेदेखि के खुल्छ, के खुल्दैन ?