अस्पतालले भर्ना लिन नमानेपछि को’रोना संक्रमणका कारण न्यूयोर्कमा एक नेपालीको कोठामै मृ’त्यु


न्यूयोर्क, अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको को’रोना संक्रमणका कारण मृ’त्यु भएको छ । बिगत ३ हप्तादेखी बि’रामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो ।को’रोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेको बताइन्छ । मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन् । सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे ।

उनि नेपाल प्रहरीको असई थिए ।पवनकुमारको आफ्नो मान्छे बताउने पद्यमा प्रधानले प्रहरीले आवश्यक सु’चना लिएर केही समयपछी मृ’त्युदर्ता लिन आउनु भनेको जानकारी दिएकी छन् । पद्यमाले भनिन्,-‘पवनभाई र मेरो परिवार केही समय अपार्टमेन्ट सेयरिङ गरेर बस्यौं, साहै्र दुखद भयो, भाईको आ’त्माले शान्ति पाओस् ।’हाल सम्म अमेरिकामा सात जना नेपालीको को’रोना भाइरस संक्रमणका कारण मृ’त्यु भईसकेको छ । यहाँ संक्रमितको संख्या समेत २ सय हा’राहारीमा रहेको बताइन्छ ।

थप खबरः धनी बन्नका लागी रतन टाटाले दिएका १० प्रभावकारी टिप्स

रतन नवल टाटालाइ नचिन्ने मान्छे कम नै होलान । आज हामी उनले सफल हुनका लागि दिएका १० प्रभावकारी टिप्सबारे हामी जानकारी दिँदै छौं जुन तपाईलाई लाभदायक हुनसक्छ ।

१. रतन टाटाको मान्यता अनुसार व्यक्तिले आफ्नो योग्यता र परिस्थिती अनुसार अवसर र चुनौतीको पहिचान गर्नुपर्छ । तपाईंबारे तपाईंभन्दा राम्रो अरु कसैले पनि बुझेको हुँदैन त्यसकारण तपाईं आफ्नो वर्तमान परिस्थिती र योग्यतालाई बिचार गरेर अवसरको सही लाभ उठाउनुहोस् ।

२. तपाईं जस्तो हुनुहुन्छ त्यसलाई स्विकार गर्न आफूभित्र एक क्षमताको विकास गर्नुहोस् । वास्तविकतामा जिउँन भरपुर कोसिस गर्नुहोस् । जबसम्म तपाईं आफूमाथि विश्वास राख्नुहुन्न, जीवन राम्रोसँग चल्न सक्दैन ।

३. रतन टाटा वर्तमान समयमा यति उचाईसम्म पुगिसकेपछि पनि निकै विनम्र स्वभावका व्यक्ति हुन् र उनका अनुसार विनम्रता मानिसको व्यक्तित्वको आभुषण हो । विनम्रताले हाम्रो व्यक्तित्वमा निखार ल्याउनुका साथै थुप्रै पटक हाम्रो सफलताको कारण पनि बन्ने गर्दछ ।

४. के तपाईंलाई थाहा छ, रतन टाटाले पढाई पूरा गरेपछि जब काम सुरु गरे तब उनको पहिलो काम के थियो ? उनी टाटा स्टिलको ब्लास्ट फर्नेसमा कोइला र चुन ढुङ्गा फ्याँक्ने काम गर्दथे । तर उनले यो कामलाई निकै दृढताका साथ गरे र आज उनी कहाँ पुगेका छन् त्यो हामीलाई थाहै छ ।

त्यसकारण रतन टाटा सधैं यो मान्छन् कि कुनै पनि काम सानो र ठूलो हुँदैन । मात्र व्यक्तिले आफ्नो कामलाई पूरा दृढता र आनन्दपूर्वक गर्नुपर्छ । यतिमात्र होइन, जीवनको बाटोमा थुप्रै बाधा व्यावधान आउँछन्, यसबाट पछि हट्नुको साटो त्यससँग जुघ्नुपर्छ ।

५. हरेक व्यक्तिले सधैं उच्च मानसिकता राख्नुपर्छ नभए पछि पर्ने सम्भावना निकै उच्च हुन्छ । जसरी फलामलाई कसैले हानी गर्न सक्दैन तर त्यसको आफ्नै लडाईंले त्यसलाई नष्ट गर्नसक्छ त्यसरी नै कुनै पनि व्यक्तिलाई कसैले नष्ट गर्न सक्दैन, उसको आफ्नै मानसिकता बाहेक ।

६. रतन टाटाको मान्यता अनुसार हरेक दिन हामीले केही न केही गर्नैपर्छ ता कि पछि हामीले पछुताउन नपरोस् । उनी भन्छन्, ‘जुन दिन म उड्न योग्य हुने छैन, त्यस दिन मेरा लागि सबैभन्दा नराम्रो दिन हुनेछ । ’ त्यसकारण हरेक दिन हामीले केही न केही गरिराख्नु पर्छ अनिमात्र भविष्यमा त्यसको नतिजा देख्न पाइन्छ ।

७. रतन टाटाका अनुसार हामीले सधैं आफू वरिपरिका व्यक्तिहरुसँग राम्रो सम्बन्ध स्थापित गर्नुपर्छ । यदि तपाईं एक व्यवसायी हुनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो ग्राहकको विश्वास जित्नुहोस् । विश्वास संसारको सबैभन्दा अमूल्य पुँजी हो र यसले मानिसलाई सफल बनाउन निकै सहयोग गर्दछ ।

८. जीवनमा सधैं केही नौलो गर्न प्रयास गरिरहने रतन टाटाका अनुसार हामीले कसैलाई पछ्याउनु हुँदैन । सधैं अरुले भन्दा भिन्न गर्ने कोसिस गर्नुपर्छ । यति गरेमात्र भीडबाट अलग हुन सक्छौं । हरेक व्यक्तिमा केही विशेष गुण र प्रतिभा हुन्छ त्यसकारण प्रत्येक व्यक्तिले आफूभित्रको आन्तरिक गुण र प्रतिभाको पहिचान गर्ने कोसिस जारी राख्नुपर्छ ।

९. यदि कुनै काम गर्न समस्या भइरहेको छ भने त्यसलाई पूरा गरेर मात्र विश्राम लिनुहोस् । कठिनाइबाट कहिले पनि भाग्नुहुन्न । जहाँ संधर्ष छ, सफलता पनि त्यहीँ छ ।

१०. सफलताको कहानी पढ्नुहोस् र त्यसबाट केही सिक्नुहोस् । सफलताको कहानी पढ्दा मानिसभित्र नयाँ आशा संचार हुने गर्दछ । यस्ता कहानीले मानिसलाई केही ठूलो गर्ने उत्प्रेरित गर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिएइका छाै

व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ – जान्नुहोस् पैसा बचत गर्ने यो मन्त्र

कुनैपनि व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ । किनभने जति कमायो उति खर्च गर्ने मानिस कहिल्यै पनि धनी हुन सक्दैन । तर, आफ्नो कमाईबाट बचत गर्दै थप लगानी गर्दै अघि बढ्ने मान्छे अवश्य धनी हुन्छ ।

धनी बन्न त्यति सजिलो छैन । मान्छे न कमाएर मात्रै धनी हुन्छ, न त बचत गरेर मात्रै । प्रत्येक समय उपयुक्त निर्णय गर्दै पैसाको सदुपयोग गर्न सक्ने मान्छे मात्रै धनी हुन्छ । यस्तो गर्नसक्ने क्षमता एकदमै कमसँग मात्रै हुन्छ ।

अर्थशास्त्री स्टुअर्ट रदरफोर्डले भनेका छन्– बचत धनी मानिसले मात्र गर्ने कुरा होइन बरु यो गरिबहरुको साथी हो । आफ्नो कमाइबाट नियमितरुपमा बचत गर्न सक्ने हो भने गरिब मानिस पनि धनी बन्न सक्छ । तर, २ र ४ हजार बचत गरेर के नै हुन्छ र रु भन्ने मानिस जुन अवस्थामा छ, त्यहाँभन्दा माथि उठ्न निकै कठिन हुन्छ ।

आजको स-सानो बचतले भोलि तपाईलाई ठुल्ठुला आर्थिक भारबाट जोगाउन सक्छ । त्यसैले आफ्नो कमाइबाट बचत गर्नुहोस् । तपाईं जति कमाउनुहुन्छ पहिला त्यसको हिसाब गर्नुस् र, आफ्नो आम्दानीबाट कति रुपैयाँ बचत गर्ने ? त्यो यकिन गर्नुहोस् । म यति रुपैयाँचाहीँ बचाउँछु भनेर तपाई लाग्नुभयो भने मात्रै तपाईंले फजुल खर्च कटौति गर्न सक्नुहुन्छ ।

एकदिन, एक महिना वा एक वर्ष मात्रै बचत गरेर पनि हुँदैन । तपाईंले सँधैका लागि बचत गर्ने बानीको विकास गर्नुपर्छ । एक वर्षसम्म दैनिक १० रुपैयाँ मात्रै जम्मा गर्ने हो भने एक वर्षमा करिव ३,६५० रुपैयाँ हुँन्छ । तपाईं सिगरेट पिउनुहुन्छ भने दिनको एउटा सिगरेट कम गर्नुहोस् । र, त्यो पैसा बचत गर्नुहोस् ।

अनि यसरी बचत गरेको पैसा बैंक, वित्तीय संस्था वा सहकारी संस्थाहरुमा राख्नुहोस् । यी संस्थाहरुले ब्याज दिन्छन् । र, तपाईको पैसाको सुरक्षा पनि राम्रो हुन्छ ।

बैंकको ब्याजले मात्रै पनि पुग्दैन । त्यसैले यसरी बचत गरेको पैसाले बीमा गर्नुहोस् । बीमा गर्नुभयो भने तपाईंले आफ्नो लाखौंको जोखिम न्यूनिकरण गर्न सक्नुहुन्छ । बीमा गर्नका लागि खर्च गरिएको रकम पनि बचत नै हो ।

खर्च गर्नुअघि १० पटक सोच्नुहोस् कि यो मेरो आवश्यकता हो कि होइन भनेर । यदि तपाईंको आवश्यकता होइन भने खर्च गर्नतिर नलाग्नुहोस् ।

धनी र सफल बन्न चाहने मानिसले आफ्नो लाइफस्टाइलबाट हटाइदिनुपर्ने कुराहरु

बोल्ने मात्र, काम चाहि नगर्ने

तपाईले बोलेर वा सोचेर मात्र हुँदैन । हावामा महल बनाएर केही हुनेवाला छैन । तपाई कहिल्यै पनि अगाडि बढ्न सक्नुहुन्न, जबसम्म तपाईले सोचेको वा बोलेको कुरा गर्नुहुन्न । त्यसकारण जे काम गर्छु भनेर योजना बनाउनु भएको छ, त्यसलाई तुरुन्तै थालिहाल्नुपर्छ ।

कुनै लक्ष्य नहुनु

मानिसको एउटा निश्चित लक्ष्य हुन आवश्यक छ । तपाईसँग आफ्नो जिन्दगीको एक ब्लूप्रिन्ट हुनुपर्छ । यसबाट तपाईलाई लामो समयसम्म सहयोग प्राप्त हुन्छ ।

काममा फोकस नहुनु

तपाई आफ्नो काममा निरन्तर जोडिइरहनुपर्छ । काममा जिद्धी ढंगले निरन्तर लागिरहनुपर्छ । तपाई सफल बन्नका लागि लगातार काम गर्नुपर्छ र काममा फोकस भइराख्नुपर्छ ।

आफूलाई शंका गर्न छाड्नू

यो सबैभन्दा नकारात्मक बानी हो, जसलाई तपाईले आफ्नो लाइफस्टाइलबाट हटाइहाल्नुपर्छ । यो बानी कायमै रह्यो भने तपाईले देखेको सपना पूरा हुनको साटो उल्टो टुट्न चाहि थाल्छ ।

त्यसकारण आफैंमाथि कहिल्यै शंका नगर्नुहोस् र आफ्नो नकारात्मक भावना तथा विचारलाई तर्कको आधारमा सुल्झाउने कोशिश गरिराख्नुहोस् ।

उपयुक्त समयको प्रतिक्षा गर्नु

यस्तो कुनै समय हुँदैन, जसलाई सही समय भनियोस् । तपाईले संभावित जोखिमको पहिलादेखि नै आँकलन गर्नुपर्ने हुन्छ, तर जुन समय तपाई पहिलादेखि नै गर्न चाहिरहनुभएको छ त्यसका लागि कुनै समय पर्खिएर बस्नुहुन्न । यस्तो काममा आफूलाई समय आउला र गरौंला भनेर रोक्ने भूल नगर्नुहोस् ।

नपढ्नु

नयाँ नयाँ जानकारी हासिल गर्नु एक निरन्तर प्रक्रिया हो । त्यसकारण सफल मानिस कहिल्यै पनि पढ्न छाड्दैनन् । उनीहरु पढ्छन्, मानिसहरुसँग कुरा गर्छन् र विश्वमा के भइरहेको छ भन्ने बिषयमा आफूलाई अपडेट गरिरहेका हुन्छन् ।

हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कोरोनाबाट कतारमा चार नेपाली कामदारको मृत्यु
  • दु:खद ! खबर कोरोनाले लियो ८ वर्षीय बालिकाको ज्या न
  • गर्भवती हात्तीको विभत्स ह*त्या भएसँगै मानवताको पतन भयो
  • अमेरिकाका राष्ट्रपति ट्रम्पले गरे एकाएक यति ठुलो घोषणा !