प्रधानमन्त्रीको आह्वानः भोलि बिहान राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔं


काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि अर्थात वैशाख १ गते राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । उनले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मान स्वरुप भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका हुन् ।

यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन अपील गरेको हो ।

प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित २०५ पुगे
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द
  • यति खुसिको खबर नेपालले बनाए कोरोना खोप ( शक्दो शेयर गरौ )
  • भर्खरैः भारतबाट फर्किएका नेपाली बोकेको बस दु’र्घटना, ११ जनाको मृ’त्यु