प्रधानमन्त्रीले भने लकडाउन तत्काल हट्दैन, ‘लक डाउनमा नो कम्प्रमाइज’


२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् ।
सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए । दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुन नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा निर्देशन दिएजस्तो गर्ने कुनै संयन्त्र आवश्यकता छैन ।’

विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।कुराकानीका क्रममा उनले लकडाउन त्काल अन्त्य नहुने समेत बताएका छन् ।

संक्रमण फैलिन नदिन सबै सचेत हुनु पर्ने भन्दै उनले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै लकडाउन खुला गर्ने निर्णय हुन नसक्ने बताए ।
सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै उनले नरम बनेर लापरबाही नगर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरे ।

भिडियो कन्फरेन्सका क्रममा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआˆनो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

‘अमेरिका, इटाली, फ्रान्स, बेलायतजस्ता राष्ट्रहरूले कोरोना नियन्त्रण गर्न सकिरहेका छैनन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसले मन्त्री- मुख्यमन्त्री कोही चिन्दैन। त्यही भएर खेलाँची नगरौं।’

जनताले पनि दुःख नपाउनेतर्फ ध्यान दिन जरूरी रहेको भन्दै भावनामा बहकिनसमेत नहुने प्रधानमन्त्रीले बताए। ‘लक डाउन भनेको लक डाउन नै हो। यसलाई कडाइका साथ पालना गर्नु पर्छ। नो कम्प्रमाइज,’ प्रधानमन्त्रीले भने।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • अन्तत : कोरोनाबिरुद्ध एन्टिभाइरस नामक औ*षधि रुसले विकास गर्‍यो, संक्रमित ४ दिनमै निको भएको दावी
  • देश ‘कोरोनाको महामारी’सँग लडिरहेका बेला राष्ट्रपति कार्यालयमा एक करोडको गलैंचा फेरिँदै
  • कोरोना भाइरसको भ्यक्सिन अब सबैभन्दा पहिले विश्वलाई चीनले वितरण गर्ने..पुरा पढ्नुहोस
  • भर्खरैः भारतबाट फर्किएका नेपाली बोकेको बस दु’र्घटना, ११ जनाको मृ’त्यु