भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेका लागि छुट, आउन नपाइने ( पुरा हेर्नुहोस् )


काठमाडौँ । सरकारले शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिर जान चाहनेका लागि छुट दिने व्यवस्था मिलाएको छ ।

आज बसेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले २ दिनका लागि लक डाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेका र बाहिरिन चाहने सर्वसाधारणलाई सहज होस् भनेर यस्तो निर्णय गरेको हो । तर, समितिले काठमाडौंबाट बाहिर जान पाए पनि काठमाडौं प्रवेश गर्न भने नपाइने निर्णय गरेको छ ।

सरकारले स्थानीय तहसँग समन्वय गरेर नागरिकहरूलाई फिर्ता पठाउने तयारी गरिरहेको छ । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । सरकारले लकडाउन बैशाख ३ गतेसम्मका लागि जारी गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित २०५ पुगे
  • कैलाली : क्वरेण्टीनमा बसेकी महिलाको बलात्कार आरोपमा स्वास्थ्यकर्मीसहित ३ पक्राउ
  • पर्वतको दुलुङ्गमा गएको पहिरोले एकै घरका ६ सहित ९ जनाको ज्यान लियो
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द