वृष राशिका लागि कस्तो छ २०७७ साल ?


वृष राशि हुनेहरूको लागि यो वर्ष सुधारा हुँदै जाने देखिएको छ । र पनि वर्षको मध्यसम्म अड्चन एवं संघर्षको सामना गर्नपर्ने देखिन्छ । परिश्रमबाट गरिने कामहरुमा सफलता मिल्ने छ । कर्मयोगीहरुलाई आकस्मिक लाभ मिल्ने छ ।

वर्षको मध्यपछि थप शुभ लक्षणहरू देखिने छन् । जागिर, व्यवसाय, उद्यम आदिमा सफलता बढ्ने छ । नोकरीमा पदोन्नति हुनेछ भने जागिरको खोजिमा रहेकाहरुलाई रोजगारी मिल्ने छ । धर्म अध्यात्म तथा सामाजिक कार्य संपादन गर्न सकिने छ । राजनीतिक आदि सांगठानिक कार्यमा भूमिका बढ्ने छ । कृषिजन्य पक्षमा पनि गोचरग्रहको प्रभाव अनुकूल रहनाले किसानलाई उपलब्धि वृद्धि हुनेछ ।

जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुने र जन्मनक्षत्रानुसार महादशा आदिमा प्रतिकूल तथा अकारक दशा चल्नेहरुले वर्षको पूर्वखण्डमा बढी नै सावधानी अप्नाउनु पर्ने देखिएको छ । मातृपितृ गुरुजन जस्ता मान्यजनको रोगशोकादि कष्ट व्यहोर्न पर्नेछ । सोँचविचार तथा योजनाको विपरित स्थिति सृजना गराउन गोचरग्रह उद्यत देखिन्छ । संघर्ष एवं प्रतिकूलताको सामना गर्न सकारात्मक मनस्थिति बनाउनु र स्याबासी पाउने अपेक्षा भन्दा माथि उठेर कर्तव्य उठाउनु सुखकर हुनेछ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • भनिन्छ २२३ वर्ष अघि यी देवीको आराधना गर्दा काठमाडौंमा महामारीको अ’न्त्य भएको थियो पूरा हेर्नुहोस
  • के तपाईले सपनामा सर्प देख्नुभयो ? तपाईमा अब यी चकित हुने ६ कुराको लक्षण हो
  • ज्योतिष शास्त्र: यी बार यस्ता काम गरे मिल्नेछ सफलता !..पुरा पढ्नुहोस
  • यी ५ चिज सिरानी मुनी राख्नुहोस् धन लाभ हुनेछ