कपिलवस्तुको आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु


काठमाडाैँ । कोरोना भाइरस (कोभिड १९) को आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेशनमा भर्ना गरिएका एक बिरामीको ज्यान गएको छ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–२ जलैया घर भएका ३० वर्षीय गोवर्धन भरको सोमबार साँझ ८ बजेतिर ज्यान गएको अस्पताल स्रोतले जनाएको छ।

ज्वरो र खोकी आउने तथा छाती दुख्ने भएपछि चन्द्रौटास्थित स्थानीय मेडिकल हुँदै शुक्रबारदेखी कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचार भइरहेको थियो ।

फोक्सो र मुटुले काम गर्न छाडेपछि भरको मृत्यु भएको बताइएको छ । कोरोनाको आशंका गरिएका भरको स्वाब परीक्षणका लागि बुटवलमा पठाईएको छ । उनको कोरोना टेस्ट रिपोर्ट भने आउँन बाँकी छ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • बाके दुर्घ’टनामा ज्या’न गु’माउने एकै परिवारका बाबु आमा र छोरा (भिडियो)
  • धरानमा ‘विद्युत सट’ भएर आ’गलागी, छोरी बचाउन जाँदा दुवैको मृ’त्यु
  • छोरीलाइ बचाउन गएकी आमाको पनि दु:खद निधन
  • देश ‘कोरोनाको महामारी’सँग लडिरहेका बेला राष्ट्रपति कार्यालयमा एक करोडको गलैंचा फेरिँदै