एनसेलले २५% ले घटायो इन्टरनेट शुल्क


काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णयअनुसार बिहीबार (चैत्र २०)बाट लागुहुने गरी डाटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ ।

यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डाटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् । एनसेलले आफ्नो कर बाहेक २ प्रति एमबी रहेको पे एज यु गो शुल्क १.५० प्रति एमबीमा झारेको छ ।

यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागु रहनेछ । सुलभ दरमा आफ्ना ग्राहकलाई इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागि कम्पनीले यस अघिनै पे एज यु गो अन्तर्गत ग्राहकलाई डाटामा बोनस समेत दिँदै आएको छ ।

जसअन्तर्गत डाटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ । यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डाटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डाटा शुल्क थप सुलभ हुँदै जान्छ ।

पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डाटा प्रयोग गर्न सक्नेछन् । जब ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डाटा सेवा चलाउँछन् । खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डाटा पाउँदै जानेछन् ।

जब ग्राहकले आफ्नो ब्यालेन्सबाट २, ५, १०, २०, ३० वा यो भन्दाथप १० का दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्दै जानेछन् । शुरुमा १० डाटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक १० मा ग्राहकले २०÷२० एमबी डाटा बोनस पाउने छन् ।

यदि ग्राहकले २ रुपैयाँ मेन ब्यालेन्स १.०४ एबी डाटामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डाटा बोनस पाउँनेछन् । यसैगरी ग्राकहले ३० ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबीसहित कुल करिब ७३ एमबी डाटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको १०० रुपैयाँ डाटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२ एमबी र बोनस १९७ एमबीसहित कुल २५० एमबी डाटा पाउनेछन् ।

कोरोनाभाइरसले निम्त्याएको महामारीको यस समयमा, एनसेलले ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न योजनाहरु जस्तै सापटी सेवामा थप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे होम प्याक पनि प्रदान गर्दै आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • टेलिकमले निःशुल्क सिमकार्ड दिने, कम्तीमा ६० दिन प्रयोग गर्नुपर्ने
  • यो हो संसारको महंगो गाई, जसको मूल्य ३६ करोड, एक छाकमा नौ हजार सात सय लिटर दूध दिने
  • फेसबुकले ल्यायो फोटो र भिडियोसम्वन्धी नयाँ सुविधा
  • मासिक १० युनिटसम्म खपत गर्ने साना ग्राहकलाई विद्युत् नि:शुल्क, १५० युनिटसम्म २५ प्रतिशत छूट