डब्लुएचओले भन्यो, पहिलो चरणमै कोरोना संक्रमण रोक्न नसकिए नेपालमा महामारी


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई पहिलो चरणमै कोरोनाभाइरसको महामारी रोक्न सचेत गराएको छ । यदि पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके नेपालमा महामारी फैलिने उसको चेतावनी छ ।

नेपालमा अहिलेसम्म तीनवटा कोरोना संक्रमित केस देखिएको छ । तीनवटै केस विदेशबाट आएका छन् । नेपालमै भने कोरोना संक्रमित अहिलेसम्म पाइएको छैन । सोही कारण डब्लुएचओले पहिलो चरणमै कोरोनाको संक्रमण रोक्न नेपाललाई विशेष आग्रह गरेको हो ।

इटाली, स्पेन र भारतमा देखिएको लापरबाहीले कोरोना भाइरस चरण चरणमा प्रवेश गरेको उसको भनाइ छ । पछिल्लो समय इटाली र स्पेनमा दैनिक सात सयको मृत्यु हुँदै आएको छ । दुवै देशले चीनलाई उछिनिसकेका छन् ।विदेशबाट आएकाबाट पहिलो चरणमा फैलिएको कोरोना भाइरसलाई फैलिएको आधारमा विश्व स्वास्थ्य संगठनले चार चरणमा वर्गीकरण गरेको छ ।

पहिलो चरण– बिदेशबाट आएकाहरूमा मात्र कोभिड–१९ पोजेटिभ देखिएकोमा दोस्रो चरणमा उनीहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र देखिएको थियो । तेस्रो चरणमा भने कहिँ कतै नगएका र विदेशबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकालाई कोरोना पोजेटिभ देखिने चरणमा पुग्ने बताइएको छ ।

चौथो चरणमा महामारीको रुपमा फैलिने भविष्यवाणी गरिएको छ । चीन र इटाली चौथो चरणबाट गुज्रीरहेको विश्व स्वास्थ्य संगठनको विश्लेषण छ । भरत तेस्रो चरणमा प्रवेश गर्दै गरेको अवस्था छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कपिलवस्तुको आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु
  • नेपालमा १५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला
  • वैशाख ३ गतेसम्म लकडाउन थपियाे
  • भर्खरै : कैलाली र कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमित भेटिए !