बुटवलबाट गुल्मी जाँदै गरेको जीप दु’र्घटना, एकको मृ’त्यु, १० जना घा’इते


पाल्पा, फागुन २१ । बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ख १४२८ नम्बरको जीप पाल्पाको अर्गेलीमा दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ भने १० जना घा’इते भएका छ्न । मृ’त्यु हुनेमा रुपन्देही सैनामैना १ की ५५ बर्षिय धनकली बिक सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले जानकारी दिनुभयो । घा’इतेहरुको तानसेन स्थिति लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।दु’र्घटनाको कारण पत्ता लागि नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घा’इते हुनेमा रुपन्देही सैनामैना १ का सुरेश बिक, रोशन बिक, सुबास बिक र निना बिक गुल्मी चन्द्रकोट –५ का राम बहादुर थापा, गोर्खा भिमसेन नगरपालिका ८ का मुना भट्ट रुपन्देहि देबदह –१० कि मनमाया सुनार, बाग्लुङ गल्कोट –८ कि जोनु सुनार रुपन्देही सैनामैना १ का पदम सुनार र बाग्लुङ बरेङ ५ का रेशम सुनार रहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कपिलवस्तुको आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु
  • नेपालमा १५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला
  • डब्लुएचओले भन्यो, पहिलो चरणमै कोरोना संक्रमण रोक्न नसकिए नेपालमा महामारी
  • प्रचण्डले भने– बास्कोटाको घरमा बम पड्काउने आतंककारी