भर्खरै अष्ट्रेलियाको समुन्द्रमा डु’बेर एक नेपाली विद्यार्थीको मृ’त्यु


२१ फाल्गुन २०७६, बुधबार ब्रिजवेन, अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्यको समुन्द्रमा डु’बेर एक नेपाली को ज्यान गएको छ । बुधबार दिउसो पौडी खेल्ने क्रममा पोखरा स्थाई घर भएका युवकलाई समुन्द्रको छालले बगाएको थियो ।छालमा ब’गेर बे’पत्ता भएपछि उनीसंगै पौडी खेलिरहेका साथीहरुले उ’द्धारकर्मीलाई सम्पर्क गरेका थिए । उ’द्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तै’रिरहेको अवस्थामा युवकको श’व भेटेको प्रहरीलाई उदृत गर्दै एनआरएनए कुइन्सल्याण्डका संयोजक उमेश खड्काले जानकारी दिए ।

युवक फे’डेरेसन युनिभर्सिटीमा पढ्थे । युवकको श’व व्रिजवेनको कुपर प्लेनस्थित श’व गृहमा राखिएको छ ।घ’टनाबारे जानकारी पाएलगत्तै कुइन्सल्याण्ड एनआरएनएले आफन्त, परिवार र प्रहरीसंग समन्वय गरिरहेको अध्यक्ष खड्काले जानकारी दिए । ‘अहिले निकै रात परिसक्यो’- अध्यक्ष खड्काले भने- ‘भोली बिहानै हामी आफन्त र परिवारसंग सम्पर्क गरेर आवश्यक सबै सहायता उपलब्ध गराउनेछौ ।’ घ’टनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।गर्मीयामसंगै अष्ट्रेलियाको पानीमा नेपालीले ज्यान गुमाउने क्रम बढ्ने गर्छ ।

खासगरी समुन्द्रको अवस्था बारे जानकारी नहुदा नेपालीहरुले पौडी खेल्दा अ’नाहकमा ज्यान गुमाउने गरेका छन् । यस गर्मीयाममा अष्ट्रेलियाको समुन्द्रमा नेपालीले ज्यान गुमाएको यो दोस्रो घ’टना हो । यसअघि गत महिना सिड्नीमा एक नेपाली युवकको समुन्द्रमा डु’बेर ज्यान गएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • यूएईमा कोरोनाबाट एक नेपाली महिलाको निधन
  • साउदी अरबमा कर्फ्यू लम्बाएर २४ घण्टा पुर्‍याइयो, पूर्ण पालना गर्न दूतावासको अनुरोध
  • लकडाउनमा गाडी लिएर निस्केकी शर्मिला भयानक दुर्घटनामा परिन्
  • मोदीले किन गरिरहेछन् कोरोनाविरुद्ध घरघरमा विजुली बत्ती निभाउन र दियो बाल्न आग्रह ? यस्तो रहेछ ज्योतिषीय रहस्य !