यस्ता सं’केत देखिए हुन्छ धन लाभ


हिन्दू धर्म शास्त्र र विशेष गरि वास्तु शास्त्रमा शुभ र अशुभ कुराहरुको संकेतबारे व्याख्या गरिएको पाउन सकिन्छ ।

जीवनमा घट्न विभिन्न घटनाक्रमहरुबाट विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँलाई राम्रो गर्छन् कि नराम्रो भन्ने थाहा दिन्छन् । धन प्राप्तिका लागि कस्ता संकेत शुभ ?

यदि तपाइँको दायाँ हातको हत्केला चिलायो भने बुझ्नुस् तपाइँलाई धन हात पर्दैछ । बैंक जाने समयमा बाटोमा गाइ देख्नु भो भने तपाइँको काम पुरा हुन्छ । विहीबारको दिन कुमारी कन्या पहेंलो बस्त्रमा देख्नु भो भने तपाइँलाई धन लाभ हुन सक्छ । यदि कतै जाँदा सुन्दर स्त्री बाटोमा देख्नु भो भने पनि धनलाभ हुने सम्भावना हुन्छ । यदी पैसा हातबाट खस्यो भने तपाइँलाई धनलाभ हुन सक्छ ।

सपनामा हरियो घास , पात देखिएमा । यदि सपनामा मोती, मुङ्गा, हार जस्ता गहना देख्नु भो भने घरमा लक्ष्मीको बास हुन्छ । पैसाको कारोवार गर्न जान लाग्दा कपडा लगाउने समयमा खल्तीबाट पैसा खस्यो भने पनि राम्रो संकेत हो । विहान उठ्ने वित्तिकै ढोकामा भिखारी माग्न आएको छ भने तपाइँको माग्नु पर्ने पैसा नमागी उठ्छ । सपनामा कट्टु लगाएर कपडामा टाँक लगाएको देख्नु भो भने धन मात्र होइन सम्मान समेत मिल्न सक्छ ।

कतै जाँदा लोखर्केले बाटो काट्यो भने पैसा हात पर्न सक्छ । सपनामा फूल नास गरेको देख्नु भो भने यसले पनि धन प्राप्तिको संकेत गर्छ । सपनामा मुत्र, वीर्य, वा दिशा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ । सपनामा उँट देख्नु भो भने यसबाट पनि धन प्राप्त हुने संकेत मिल्छ । तपाईले मन पराएको गुरु ,जोगी वा धर्मात्मीक ब्यक्ती देखिए । सपनामा कुनै निर्दोष ब्यक्तिले मुद्धाबाट सफाइ पाएको देख्नु भो भने धन प्राप्त हुन सक्छ । सपनामा तपाइँको छातीमा कसैले चलाएको वा कन्याएको देख्नु भो भने पनि धन हात लाग्ने संकेत हो । १५ विहान शंखको आवाज सुनिए पनि लाभ हुने मान्यता रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • मनछुने कथा “” असल श्रीमती “” महिलाले एकचोटी अबस्य पढौं अनि पुरुषले शेयर गरौँ
  • पाथिभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् चैत्र १९ गतेको राशिफल
  • ०७६ फाल्गुन २६ गते सोमबार ई. स. २०२० मार्च ०९ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
  • भोलीको राशिफल देवी माता को दर्शन गरेर पढ्नुहोस्: वि.सं.२०७६ साल फाल्गुन २२ गते । बिहीबार । ईश्वी सन् २०२० मार्च ०५ तारिख